Nepal Life

सभापति थापासँगको छलफलपछि गण्डकी प्रदेशमा कांग्रेस बन्यो एक ढिक्का

NMB Bank
  • BFIS News
  • 2026 Feb 07 08:11
सभापति थापासँगको छलफलपछि गण्डकी प्रदेशमा कांग्रेस बन्यो एक ढिक्का
National Life

पोखरा। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गण्डकी प्रदेशका कांग्रेसका नेताहरूसँग ११ जिल्लाको १८ वटा निर्वाचन क्षेत्रको अवस्थाका बारेमा छलफल गरेका छन्।

Shikhar
NIMB

फागुन २१ गते हुनगइरहेको प्रतिनिधिसभाको निर्वाचनमा पार्टीका सबै उम्मेदवारहरूलाई जिताउन गर्नुपर्ने गृहकार्यका बारेमा सूक्ष्म तरिकाले छलफल भएको नेताहरुले बताएका छन्।

कांग्रेस नेता तथा गण्डकी प्रदेश सांसद डिल्लीराम सुवेदीका अनुसार सो छलफलमा पार्टीले उठाएका प्रतिनिधिसभाको उम्मेदवार, उम्मेदवारको अवस्था, अन्य नेता कार्यकर्ताको भुमिका र आवश्यक रणनीति बारे छलफल भएको थियो। 

पार्टी भित्र रहेका केही असन्तुष्टिहरूलाई पनि छलफलबाट पूर्णरुपमा समाधान गरिएको उनको भनाइ छ। छलफलपछि पार्टीका सबै नेताहरूमा ऊर्जा थपिएको र एक ढिक्का भएर चुनावमा होमिने वातावरण बनेको नेता सुवेदीले जानकारी दिए। 

सभापति थापाले यसअघि मधेस प्रदेशका ८ जिल्लाका नेता कार्यकर्तासँग जनकपुरमा छलफल गरेका थिए भने आवश्यकता अनुसार अन्य प्रदेशमा पनि पार्टीका नेता कार्यकर्तासँग चुनावी छलफल गर्ने बताइएको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया