Nepal Life

भुजुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँट मंगलबार हुने

NMB Bank
  • BFIS News
  • 2026 Feb 09 17:08
भुजुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँट मंगलबार हुने
National Life

काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बाँडफाँट माघ २७ गते मंगलबार हुने भएको छ।

Shikhar
NIMB

बाँडफाँट कार्य शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले बिहान ९ बजे गर्ने जनाएको छ।

कम्पनीले माघ १२ देखि माघ १५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ खुला गरेको थियो। सो अवधिमा ३ करोड ७ लाख ८४ हजार ८२० कित्ता शेयरका लागि कुल २६ लाख ६५ हजार १७४ आवेदकबाट आवेदन परेको विवरण छ।

उपलब्ध शेयर संख्याको आधारमा २५ लाख ८२ हजार १७४ आवेदकले शेयर नपाउने देखिएको छ।

भुजुङ्ग हाइड्रोपावरलाई जारी पूँजी एक अर्ब रुपैयाँको २० प्रतिशत बराबर २० करोड रुपैयाँ मूल्यका २० लाख कित्ता शेयर सर्वसाधारणलाई जारी गर्न अनुमति प्राप्त छ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया