NIMB Header 2
Nepal Life

चुनावको सरगर्मीमा शेयर बजार भने सुस्त, लो क्याप र सेक्टरल प्ले गर्दा पनि बजारले लिन सकेन गति

IME LIFE
  • BFIS News
  • 2026 Feb 10 15:10
चुनावको सरगर्मीमा शेयर बजार भने सुस्त, लो क्याप र सेक्टरल प्ले गर्दा पनि बजारले लिन सकेन गति
United Ajod

काठमाडौं। अहिले देश चुनावको सरगर्मीमा छ। देशव्यापी रुपमा चुनावी माहोल छ। लगभग चुनाव निश्चित छ। तर शेयर बजारले भने गति लिन सकेको छैन। बैंकमा अधिक तरलता हुँदा पनि लगानीकर्ताको कन्फिडेन्स बढ्न नसक्दा बजारले गति लिन सकेको छैन।

Nepal Life
NIMB

बैंकको व्याजदर नेपालको इतिहासमै लगभग कम विन्दुमा छ। बैंकहरुले संस्थागत निक्षेप लिन आनाकानी गरिरहेका छन्। अर्को तर्फ शेयर बजारमा पनि खासै लगानी जान सकेको छैन। नेपालको शेयर बजारको आकार पछिल्लो समयमा जुन हिसावले बढेको छ त्यहि अनुपातमा बढ्ने अवस्थाको बजारलाई धान्ने बनिसकेको छैन।

कारोबार रकम बढिरहेको भए पनि कम्पनीको आकार अनुसारको सप्लाइ धान्ने अवस्था छैन। यसले गर्दा लो क्यापका कम्पनीमा मात्रै लगानीकर्ताको आकर्षण देखिन्छ। शेयर बजारमा ठुलो हिस्सा ओगटेको बैंक वित्तीय संस्थाहरुको चुक्ता पूँजी १० अर्बदेखि ३६/३७ अर्बसम्म पुगेको छ। यस्तो सप्लाइ धान्ने अवस्थामा शेयर बजार छैन। 

अर्को तर्फ प्रिमियममा शेयर जारि गर्ने ट्रेण्डले गर्दा लगानीकर्ताहरुको दोस्रो बजारमा भन्दा पनि प्राथमिक बजारमै लगानी बढाउन थालेका छन्। दोस्रो बजारमा सूचिकृत हुने नयाँ कम्पनीको शेयर मूल्यमा केहि उछाल आउदै गर्दा त्यसले नेप्से इन्डेक्स खासै घट्न दिएको देखिदैन तर विद्यमान कम्पनीहरुको मूल्य भने एकदमै न्युन विन्दुमा छ। यो पनि नेपालको शेयर बजारको नकारात्मक पक्ष बनिरहेको छ। 

मंगलबार नेप्से सूचक १०.२५ अंकले घटेर २६६२ अंकमा झरेको छ। आज ८ अर्ब ६१ करोडको खरिद बिक्री हुँदा ७४ वटा कम्पनीको शेयर मूल्यमा सुधार देखिएको छ। त्यस्तै १७९ वटा कम्पनीको शेयर मूल्यमा गिरावट देख्न सकिन्छ। आज केहि हाइड्रोपावर कम्पनीको शेयरमा सुधार देखिए पनि अन्यको गिरावट नै छ। म्युचुअल फण्ड र व्यापर सूचकमा सामान्य सुधार देखिएको छ। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया