Nepal Life

एपोलो हाइड्रोपावरले फागुन ११ देखि आईपीओ जारी गर्ने, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली लक्षित

NMB Bank
  • BFIS News
  • 2026 Feb 11 09:16
एपोलो हाइड्रोपावरले फागुन ११ देखि आईपीओ जारी गर्ने, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली लक्षित
National Life

काठमाडौं ।  एपोलो हाइड्रोपावर लिमिटेडले फागुन ११ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ।

Shikhar
NIMB

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्टै कोटाअन्तर्गत शेयर बिक्री गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत बराबर १४ करोड १० लाख रुपैयाँको आईपीओ निष्काशनका लागि स्वीकृति पाएको छ। सोअनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १४ लाख १० हजार कित्ता शेयरमध्ये ४ लाख ७० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।

स्थानीयका लागि छुट्याइएको शेयरमध्ये ५० प्रतिशत अर्थात २ लाख ३५ हजार कित्ता ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका वडा नं. ७ र ८ का बासिन्दालाई वितरण गरिनेछ। यस्तै ३० प्रतिशत अर्थात १ लाख ४१ हजार कित्ता सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं. २ र रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं. ३ का बासिन्दाका लागि छुट्याइएको छ। बाँकी २० प्रतिशत अर्थात ९४ हजार कित्ता रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं. २ र गोकुलगंगा गाउँपालिका वडा नं. १ का बासिन्दाले पाउनेछन्।

सर्वसाधारण समूहअन्तर्गत छुट्याइएको शेयरमध्ये १० प्रतिशत अर्थात ९४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिने कम्पनीले जनाएको छ।

आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था छ। स्थानीय बासिन्दाले अधिकतम ४७ हजार कित्तासम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। स्थानीयतर्फको निष्काशन छिटोमा फागुन २५ गते र ढिलोमा चैत १० गते बन्द हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छिटोमा फागुन १४ गते र ढिलोमा फागुन २५ गतेसम्म आवेदन खुला रहनेछ।

कम्पनीलाई केयर रेटिङ्ग नेपालले ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ्ग दिएको छ, जसले दायित्व वहन क्षमतामा मध्यम स्तरको जोखिम जनाउँछ।

एपोलो हाइड्रोपावरले ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाको अनुमानित लागत १ अर्ब ३७ करोड २० लाख रुपैयाँभन्दा बढी रहेको छ भने प्रतिमेगावाट लागत करिब २२ करोड ८६ लाख रुपैयाँ अनुमान गरिएको छ। साधारण आधारमा लगानी फिर्ता अवधि ७.७७ वर्ष र छुट दरमा गणना गर्दा १६.४३ वर्ष रहने प्रक्षेपण छ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेडले सम्हालेको छ। स्थानीय बासिन्दाले आयोजनास्थल र तोकिएका बैंक शाखामार्फत आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले सि–आस्बा प्रणालीमार्फत आवेदन पेश गर्न सक्ने व्यवस्था गरिएको छ। स्थानीय आवेदकले आवेदन फारामका लागि २ रुपैयाँ शुल्क तिर्नुपर्नेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया