NIMB Header 2
Nepal Life

प्रधानमन्त्री कार्कीले आज राष्ट्रिय सभामा फिल्म विधेयक पेश गर्ने

IME LIFE
  • BFIS News
  • 2026 Feb 11 09:42
प्रधानमन्त्री कार्कीले आज राष्ट्रिय सभामा फिल्म विधेयक पेश गर्ने
United Ajod

काठमाडौं।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेकी प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रिय सभाको बैठकमा ‘फिल्म विधेयक, २०८१’ पेश गर्ने कार्यसूची तय भएको छ।

Shikhar
Nepal Life
NIMB

संघीय संसद्को माथिल्लो सदनको बैठक दिउँसो १:१५ बजे बस्नेछ।

बैठकमा विधेयकमाथि छलफलसहित पारित गर्ने प्रस्ताव पनि प्रस्तुत गरिने कार्यक्रम रहेको छ। सोही बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयसँग सम्बन्धित विषयमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ।

त्यस्तै, विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गर्नेछिन्। प्रतिनिधि प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको अध्ययन प्रतिवेदनमाथि छलफलका लागि प्रस्ताव पनि बैठकमा प्रस्तुत गरिनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया