नेप्से परिसूचकमा झिनो गिरावट
- BFIS News
- 2026 Feb 11 18:44
काठमाडौँ, माघ २८ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज झिनो गिरावट देखिएको छ । नेप्से परिसूचक शून्य दशमलव ०४ अङ्कले घटेर दुई हजार ६६२ दशमलव ०९ बिन्दुमा कायम भएको छ ।
आज ३२९ कम्पनीका दुई करोड २२ लाख ८२ हजार ५० कित्ता शेयर ८२ हजार ४५० पटक खरिदबिक्री हुँदा कुल रू ८ अर्ब ६९ करोड २२ लाख ५० हजार ८५५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
कारोबार भएका समूहगत उपसूचकमध्ये बैंकिङ शून्य दशमलव १०, विकास बैंक शून्य दशमलव १८, जलविद्युत् शून्य दशमलव ४७, लगानी शून्य दशमलव ०७ र निर्जीवन बिमा समूह शून्य दशमलव ०८ प्रतिशतले बढेका छन् । अन्य सबै समूहका उपसूचक भने घटेका छन् ।
घट्ने समूहमा वित्त शून्य दशमलव २५, होटल तथा पर्यटन शून्य दशमलव ६३, जीवन बिमा शून्य दशमलव २३, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४६, लघुवित्त शून्य दशमलव ०६, म्युचुअल फन्ड शून्य दशमलव ३६, व्यापार शून्य दशमलव २३ र अन्य समूह शून्य दशमलव २४ प्रतिशतले घटेका छन् ।
आज ११३ कम्पनीको शेयर मूल्य बढेको छ भने १३३ कम्पनीको घटेको छ । १३ कम्पनीको शेयर मूल्य यथावत रहेको छ ।
रिदी पावर कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ६७ प्रतिशतले बढेको छ । सुपर माई हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै छ दशमलव ३९ प्रतिशतले घटेको छ ।
कारोबार रकम र शेयर सङ्ख्याका आधारमा रिदी पावर कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । उक्त कम्पनीको २० लाख ३० हजार ९४४ कित्ता शेयर रु ६५ करोड ४७ लाख ६६ हजार ५७२ बराबरमा किनबेच भएको नेप्सेले जनाएको छ । – रासस
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)








.jpg)
.jpg)






प्रतिक्रिया