Nepal Life

विद्युत बिक्री घट्दा मोदी इनर्जीको खुद नोक्सानी दोब्बर नजिक

NMB Bank
  • BFIS News
  • 2026 Feb 10 12:55
विद्युत बिक्री घट्दा मोदी इनर्जीको खुद नोक्सानी दोब्बर नजिक
National Life

काठमाडौँ । मोदी इनर्जी लिमिटेड (एमईएल) को चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले कम्पनीको खुद नोक्सानी उल्लेख्य रूपमा बढेको देखाएको छ।

Shikhar
NIMB

विद्युत बिक्रीबाट हुने आम्दानी घटेसँगै समग्र नाफा र सञ्चालन मुनाफा दुवै घटेका कारण कम्पनीको वित्तीय प्रदर्शन कमजोर बनेको हो।

कम्पनीका अनुसार गत आर्थिक वर्षको सोही अवधिसम्म ३ करोड ३५ लाख रुपैयाँ खुद नोक्सानीमा रहेको कम्पनी चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा ६ करोड २४ लाख रुपैयाँ नोक्सानीमा पुगेको छ।

समीक्षा अवधिमा विद्युत बिक्रीबाट प्राप्त आम्दानी २८ करोड ६८ लाख रुपैयाँबाट घटेर २२ करोड ८ लाख रुपैयाँमा झरेको छ। आम्दानी घटेसँगै कुल नाफा पनि २५ करोड ८३ लाख रुपैयाँबाट घटेर १९ करोड २ लाख रुपैयाँमा सीमित भएको छ। त्यस्तै, सञ्चालन मुनाफा २५ करोड ६६ लाख रुपैयाँबाट घटेर १८ करोड ८६ लाख रुपैयाँमा आएको छ।

यद्यपि, वित्तीय खर्च भने अघिल्लो वर्षको तुलनामा २५.६५ प्रतिशतले घटेको विवरणमा उल्लेख छ।

पहिलो ६ महिनाको अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ३१ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ५८ रुपैयाँ ८० पैसा कायम छ। कम्पनीको चुक्ता पूँजी २ अर्ब ९० करोड रुपैयाँ रहेको छ। जगेडा कोष भने १ अर्ब १९ करोड रुपैयाँ ऋणात्मक अवस्थामा रहेको वित्तीय विवरणले देखाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया