Nepal Life

शेयर धितोकर्जाको सिमा १५/२० करोड पुग्यो, शेयर बजारमा कस्तो असर पर्ला ?

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Thu 20:57
शेयर धितोकर्जाको सिमा १५/२० करोड पुग्यो, शेयर बजारमा कस्तो असर पर्ला ?
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको शेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा बढाएको छ । कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल रु. १५ करोड कायम गरिएको छ । धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि यस्तो कर्जाको अधिकतम सीमा रु २० करोड कायम गरिएको छ ।

 

NIMB

यस्तो कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह वा नवीकरण गर्दा उक्त सीमा ननाघेको यकिन गरेर मात्र कर्जा प्रवाह/नवीकरण गर्नु पर्नेछ । तोकिएको सीमा नाघी कर्जा प्रवाह वा नवीकरण गरेमा बैंक तथा वित्तीय संस्थाले उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ ।

नेपाल राष्ट्र बैंकले दुई वर्ष अगाडी शेयरधितो कर्जामा ४/१२ करोडको सिमा लगाएको थियो । गत आर्थिक वर्षमा ४ करोडको सिमा हटाएर १२ करोडको सिमा यथावत राखेको थियो । तर लगानीकर्ताले यस्तो सिमा खारेज हुनु पर्छ भन्दै निरन्तर दवाव दिदै आएका छन् । तर यस अवधिमा नेपाल राष्ट्र बैंकलाई सत्तापक्षका नेता तथा कार्यकर्तादेखि लिएर सत्ता भन्दा विपक्षी दलकै नेताहरुले यस्तो सिमा हटाउन निर्देशन दिदै आएका थिए । 

शेयर बजार धेरै नै तल्लो विन्दुमा रहेको र बजार बढ्ने केहि आधार पर्खिरहेको अवस्थामा लगानीकर्ताले शेयरधितो कर्जाको सिमा हटाउन माग राख्दै आएका थिए । अर्थतन्त्र नै खराव अवस्थामा रहेकाले नेपाल राष्ट्र बैंकको यस्तो कदमले आइतबारको शेयर बजारमा खासै ठुलो प्रभाव नपर्ने बजार विश्लेषकहरु बताउछन् । 

विगतमा पनि १२ करोडको सिमा हट्ने समाचार आएको दिन बजारमा सुधार देखिएकाले आइतबारदेखि केहि दिन भने बढ्न सक्ने उनिहरुको आकलन छ । राष्ट्र बैंकको यस निर्देशनले केहि दिन बजार सुधार देखिए पनि दशै अगाडी लगानीकर्ताले खर्च जोहो गर्न खोजेमा पनि बजार तल झर्न सक्छ । विगत एक डेढ वर्षको अवधिमा नेप्से सूचक अधिकतम २२ सयदेखि १८ सयको विचमा घुमिरहेको छ । राष्ट्र बैंकको अहिलेको कदमले यो साइकललाई भने सपोर्ट गर्ने विश्लेषण गरिएको छ । 

शेयर बजारका सक्रिय लगानीकर्ता नवराज दाहालका अनुसार शेयर धितो कर्जाले बजार प्रभावित भएको नभई त्यसलाई बहाना बनाइएको हो । संस्थागत लगानीकर्तालाई भने यस्तो सीमा तोक्न नहुने उनको धारणा छ । ‘उसले आफ्नो रिपोर्ट हेरेर, आफ्नो कारोबार हेरेर लिन पाउनुपर्छ । व्यक्तिका लागि भने बहाना मात्र हो । यो प्रमाणित पनि भइरहेको छ, नत्र भने बजार घटिरहनुपर्ने हो । बजार यसबीचमा बढेको पनि छ,’ उनले भने । 

खरीदकर्ताले जहिले पनि केही समयपछि प्रतिफल पाउँला भनेर किन्ने उनी बताउँछन् । ‘यस्तो समयमा विक्री गर्ने भनेको बजारमा केही छैन, टिक्न सकिँदैन भन्ने ठानेर वा पैसा चाहिएर पेनिक भएर हो,’ नवराजको भनाइ छ । सकारात्मक समाचारले हुने भए पूर्वमन्त्री, अर्थमन्त्री, अहिलेको प्रधानमन्त्रीलगायत गभर्नरले शेयर धितो कर्जाको विषयमा केही हुन्छ भनेर बोलिरहेका बेला बजार बढ्नुपर्ने उनले बताए ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया