Nepal Life

हरेकको मुखमा घण्टी, तर मत कहाँ हाल्छन् थाहा छैन, घण्टीमा भनिदियो आमने सामनेको मुखै बन्द!

NMB Bank
  • BFIS News
  • 2026 Mar 02 22:02
हरेकको मुखमा घण्टी, तर मत कहाँ हाल्छन् थाहा छैन, घण्टीमा भनिदियो आमने सामनेको मुखै बन्द!
National Life

काठमाडौं। यस वर्षको निर्वाचन माहोलमा मतदाताहरू स्पष्ट रूपमा तीन कित्तामा विभाजित देखिएका छन्। पहिलो कित्ता जेनजी आन्दोलन पछिको रुपान्तरणको पक्षमा उभिएको छ। नेपालको राजनीतिक इतिहासमा भएका परिवर्तनहरूलाई जनताले समय–समयमा अनुमोदन गर्दै आएका छन्।

Shikhar
NIMB

२००७ र २०४७ सालको परिवर्तनमा नेपाली कांग्रेस ले उल्लेख्य जनसमर्थन पाएको थियो। त्यसपछि २०६२/६३ को जनआन्दोलनपश्चात् नेकपा माओवादी लाई जनताले अनुमोदन गरे। अहिले जेनजी आन्दोलनको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जसरी उदायो, त्यसले चुनावी बहसको केन्द्र नै परिवर्तन गरिदिएको छ।

शहरदेखि गाउँसम्म, चिया पसलदेखि सामाजिक सञ्जालसम्म ‘घण्टी’ चुनाव चिन्हको चर्चा सर्वत्र सुनिन्छ। तर जेनजी आन्दोलन आफैंमा कुनै संगठित राजनीतिक अभियान थिएन। यो सत्ता परिवर्तनभन्दा बढी संस्थागत सुशासन र भ्रष्टाचारविरुद्धको आवाज थियो। यही असन्तुष्टिको भुङ्ग्रोमा रास्वपाले राम्रैसँग रोटी सेक्न सफल भएको विश्लेषकहरू बताउँछन्। सरकारमा रहेका दल र पुराना भ्रष्ट अभ्यासविरुद्ध विकल्पका रूपमा रास्वपालाई चित्रण गरिएको पाइन्छ।

दोस्रो मौन पक्ष भनेको जेनजी आन्दोलनपछिको अवस्था हो। भदौ २३ र २४ का प्रदर्शनपछि नेकपा एमाले यस निर्वाचनमा अपेक्षाकृत निरिह देखिएको छ। उता नेपाली कांग्रेसले विशेष अधिवेशनमार्फत आफूलाई रूपान्तरण गरेको उद्घोष मात्रै गरेन, व्यवहारमै देखिने गरी सुधारका कामहरू अघि बढाएको दाबी गरेको छ। तर आम मतदाताहरू खुलेरै कांग्रेसको पक्षमा उभिएको संकेत भने स्पष्ट देखिँदैन। यद्यपि गगन थापा प्रति विश्वास बढ्दो रहेको चर्चा छ।

यसैबीच मध्यपूर्वमा जारी द्वन्द्वका कारण धेरै नेपाली त्रसित छन्। यसको प्रभाव क्रमशः नेपालमा पनि पर्न सक्ने आँकलन गरिँदैछ। यस्तो संवेदनशील अवस्थामा सुझबुझपूर्ण र राष्ट्रिय हितलाई केन्द्रमा राख्ने नेतृत्वको आवश्यकता बढेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

विगत एक महिनामा ठूलो जनसमुदाय खुलेरै रास्वपाको पक्षमा देखिएको छ। कतिपय क्षेत्रमा मतदाताले उम्मेदवारको नामसम्म नचिने पनि ‘घण्टी’ बोलिरहेका छन्। तर मुखमा घण्टी सुनिनु र मतपेटिकामा मत खसालिनु एउटै कुरा नहुन सक्ने भन्दै मत परिणाम अपेक्षाभन्दा फरक आउन सक्ने अनुमान पनि गरिएको छ।

रोचक पक्ष के छ भने, एमाले र कांग्रेसका कट्टर मतदातासमेत सार्वजनिक छलफलमा ‘म पनि घण्टी’ भन्दै हिँडेको पाइन्छ। पुराना दलको खुलेर वकालत गर्नुभन्दा ‘घण्टी’ भन्नु सजिलो र सुरक्षित ठानिएको मनोविज्ञान विकसित भएको देखिन्छ।

शहरी क्षेत्रमा रवि लामिछाने र बालेन्द्र शाह को लोकप्रियता र सार्वजनिक उपस्थितिले पुराना दलहरू त्रसित देखिएका छन्। देखिएको भिड र क्रेज ब्यालेटसम्म पुग्छ कि पुग्दैन भन्ने विषयमा सबैको संशय कायमै छ।

विश्लेषकहरूका अनुसार यसपटक रास्वपाको समर्थन मुख्यतः पुराना दलप्रतिको आक्रोशमा आधारित छ। यही आक्रोशलाई रास्वपाले प्रभावकारी रूपमा ‘क्यास’ गरेको छ।

यस अवस्थालाई मध्यनजर गर्दै पुराना दलका कार्यकर्तासमेत गठबन्धनमा जुटेको दृश्य देखिन्छ। सामाजिक सञ्जालमा देखिएको क्रेज शहरमा मात्र सीमित छ भन्ने पुराना दलको बुझाइलाई चुनौती दिँदै अहिले गाउँगाउँमा इन्टरनेटको पहुँच विस्तार भइसकेको छ। वैदेशिक रोजगारीमा रहेका नेपाली र शहरी मतदाताको पहिलो रोजाइ रास्वपा देखिनुले सामान्य उम्मेदवारले पनि स्थापित राजनीतिक विरासत बोकेकाहरूलाई पराजित गर्ने सम्भावना रहेको छ।

यद्यपि अन्तिम फैसला मतपेटिकाले नै गर्नेछ। मतदाताहरू अहिले परिणामप्रति तीव्र आकांक्षासहित प्रतीक्षामा छन्—मुखमा घण्टी बजिरहेको छ, तर त्यो मतमा कति रूपान्तरित हुन्छ, हेर्न बाँकी छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया