NIMB Header 2
Nepal Life

सर्लाहीमा ३४ कैदीबन्दीले प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न पाउने

IME LIFE
  • BFIS News
  • 2026 Mar 03 13:53
सर्लाहीमा ३४ कैदीबन्दीले प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न पाउने
United Ajod

सर्लाही, फागुन १९ गते । सर्लाहीमा ३४ जना कैदीबन्दीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न पाउने भएका छन्।

 

Nepal Life
NIMB

कारागार कार्यालय मलङ्गवामा कैद भुक्तान गरिरहेका र मतदाता नामावलीमा नाम समावेश भएका ३४ जना कैदीबन्दीले बिहीबार हुने निर्वाचनमा समानुपातिकतर्फ मतदान गर्न पाउने भएका हुन्।

निर्वाचन आयोग, नेपालले नेपाली सेना, सुरक्षाकर्मी, कर्मचारी र कैदीबन्दीलाई समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतदान गर्ने व्यवस्था गरेको छ। सोही व्यवस्थाअनुसार सर्लाहीमा कारागार कार्यालय मलङ्गवासहित चार स्थानमा अस्थायी मतदान केन्द्र तोकिएको छ।

अस्थायी मतदान केन्द्रहरूमा जिल्ला निर्वाचन कार्यालय सर्लाहीले एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत र एक जना सहयोगी कर्मचारी गरी तीन जना मात्र परिचालन गर्ने जनाएको छ।

कारागार कार्यालय मलङ्गवा, जिल्ला समन्वय समिति सर्लाहीको तीनबिघे चौर, सशस्त्र प्रहरी बल नेपाल १० नम्बर गण कविलासी अगाडिको गोलघर र पाँचकुमारी खेल मैदान पनुर्वासमा अस्थायी मतदान केन्द्र कायम गरिएको छ।

जिल्लामा अस्थायी मतदान केन्द्रहरूमा कैदीबन्दीसहित सेना, प्रहरी र कर्मचारी गरी कुल ६ हजार ८७ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया