Nepal Life

गृहजिल्ला फर्किन सवारी अभाव, मतदाताको गुनासो

NMB Bank
  • BFIS News
  • 2026 Mar 04 16:14
गृहजिल्ला फर्किन सवारी अभाव, मतदाताको गुनासो
National Life

काठमाडौँ, फागुन २० गते । काठमाडौँ उपत्यकाबाट गृहजिल्ला फर्केर मतदान गर्न जान खोज्ने मतदाताले सार्वजनिक सवारीसाधन नपाएको गुनासो गरेका छन् ।

 

Shikhar
NIMB

बुधबार बिहानैदेखि सवारी कुर्दासमेत टिकट नपाएको र ‘रिजर्भ’ लेखिएका गाडीहरूले सर्वसाधारण नबोकेको उनीहरूको भनाइ छ । ओखलढुङ्गाका कुलबहादुर थापाले विद्यालयमा कार्यरत रहेकाले ढिलो बिदा पाएको र व्यक्तिगत सवारीसाधन नभएकाले सार्वजनिक यातायातकै भर पर्नुपरेको बताउनुभयो । बिहान ४ बजेदेखि गाडी कुर्दासमेत ओखलढुङ्गा जान सवारी नपाएको उहाँले गुनासो गर्नुभयो ।

उहाँका अनुसार अधिकांश गाडीमा ‘रिजर्भ’ लेखिएको छ र ती गाडीले सर्वसाधारण बोक्न मानेका छैनन् । बस काउन्टरमा जाँदा दल र उनीहरूका नेतासँग सम्पर्क गर्नुस्, टिकट पाइँदैन भनेर फर्काइएको उहाँले बताउनुभयो । “अब भोट हाल्न जान नपाइने अवस्था आयो,” थापाले भन्नुभयो ।

कास्कीका दिलीप महतले राजनीतिक दलहरूले आफ्ना समर्थकलाई प्राथमिकता दिँदै गाडी रिजर्भ गरेर लैजाँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको बताउनुभयो । उहाँका अनुसार दलहरूले मतदाता नामावलीमा रहेका आफ्ना समर्थकलाई मात्रै गाडी पठाएर लगिँदा अन्य मतदाता मतदानबाट वञ्चित हुने अवस्था देखिएको छ ।

रामेछापका कुमार बस्नेतले भने सिट नपाए पनि गाडी पाएको बताउनुभयो । राजनीतिक दलका नेताहरूले रिजर्भ गाडीमा जान आग्रह गरे पनि आफूले अस्वीकार गरेको उहाँले बताउनुभयो । बिना टिकट गाडी पाएको र गाउँतर्फ भोट हाल्न जाँदै गरेको उहाँले सुनाउनुभयो ।

सरोकारवालाका अनुसार निर्वाचनको मुखैमा सार्वजनिक यातायात व्यवस्थापन र दलहरूको संलग्नताबारे उठेका यी गुनासोप्रति सम्बन्धित निकायको ध्यान जान आवश्यक देखिएको छ । सर्वसाधारण मतदाताले सहज रूपमा मतदान केन्द्रसम्म पुग्न पाउने अधिकार सुनिश्चित गर्न यातायात व्यवस्थापन पारदर्शी र व्यवस्थित हुन जरुरी रहेको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया