NIMB Header 2
Nepal Life

आन्तरिक खेलकुद प्रतियोगिता समापन कार्यक्रम सम्पन्न

Muktinath Bank
  • BFIS News
  • 2023 Jun 23 22:00
आन्तरिक खेलकुद प्रतियोगिता समापन कार्यक्रम सम्पन्न
Everest Bank

काठमाडौं । लागूऔषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आसरा सुधार केन्द्र रानीबारीमा आयोजित आन्तरिक खेलकुद प्रतियोगिता समापन कार्यक्रम सम्पन्न भएको छ ।

Shikhar
NIMB

प्रतियोगिता समापनका अवसरमा शुक्रबार केन्द्रमा आयोजित कार्यक्रममा सोही केन्द्रकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले प्रतियोगिता अन्तर्गत  बास्केटबल, बुसे, संगीत, नृत्य र लेख रचनातर्फ विजयी हुने केन्द्रमा उपचाररत सदस्यहरूलाई पुरस्कार प्रदान गर्नुभयो । 

सो अवसरमा केन्द्रकी अध्यक्ष कुँवरले केन्द्रमा उपचाररत सदस्यहरू बिच आपसी भाइचारा तथा सदभाव कायम गरी मनोबल उच्च राख्न स्वस्थ प्रतिस्पर्धा गराई संचालन गरिएको आन्तरिक खेलकुद प्रतियोगितामा आफ्नो प्रतिभा देखाई विजयी भएका उपचाररत सदस्य खेलाडीहरूलाई बधाई दिनुभयो । 

केन्द्रकी अध्यक्ष कुँवरले ‘लागूऔषध दुरूपयोग विरूद्धको एक्यैवद्धता व्यक्ति, समाज र राष्ट्रको प्रतिवद्धता’ भन्ने राष्ट्रिय नारालाई नारामा मात्र सीमित नराखी व्यवहारमा लागू गर्नुपर्ने आवश्कता रहेको बताउनुभयो । केन्द्रले लागूऔषधको कुलतमा फसेका प्रयोगकर्ताहरूलाई व्यक्तिगत परामर्श, सामूहिक परामर्श तथा आध्यात्मिक प्रवचन योगाभ्यास एवम् अन्य उपयुक्त माध्यमद्वारा उपचार गरी घर, परिवार र समाजमा पुर्नस्थापित गराउँदै आएको समेत उहाँले बताउनुभयो । 

सो अवसरमा केन्द्रकी उपाध्यक्ष श्रीमती रूपा थापाले हाजिरी जवाफ, आर्ट अफ लिभिङ र चम्चा दौडतर्फ विजयी हुने उपचाररत सदस्यहरूलाई पुरस्कार प्रदान गर्नुभएको थियो भने केन्द्रकी सचिव श्रीमती सिता ज्ञवालीले चेस, क्रिकेट, टेवलटेनिस र क्यारिम बोर्डतर्फ विजयी हुने उपचाररत सदस्यहरूलाई पुरस्कार प्रदान गर्नुभएको थियो । 

केन्द्रमा उपचाररत सदस्यहरूद्वारा गीत संगीत, नृत्य एवं कविता वाचन लगायत विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, केन्द्रका पदाधिकारीहरू, परामर्शदाताहरू, प्रहरी अधिकृतहरू समेतको उपस्थिति रहेको थियो । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया