रुकुम पश्चिम कारागारका ७२ कैदीबन्दीले गरे मतदान
- BFIS News
- 2026 Mar 05 14:25
रुकुम पश्चिम जिल्ला मा रहेको जिल्ला कारागार रुकुम पश्चिम का ७२ जना कैदीबन्दीले मतदान गरेका छन्।
कारागारभित्र रहेको अस्थायी मतदान केन्द्रबाट ७२ जनाले मतदान गरेको मतदान अधिकृत खगेन्द्र अधिकारी ले जानकारी दिनुभयो। उहाँका अनुसार ७१ पुरुष र एक महिला गरी कुल ७२ जनाले मतदान गरेका हुन्। कारागारमा रहेका मतदातामध्ये ७२ जनाको मात्र नाम मतदाता नामावलीमा भएकाले सबैले समानुपातिकतर्फ मात्र मतदान गरेका छन्।
त्यसैगरी सुरक्षाकर्मी तथा कर्मचारीहरूका लागि मुसिकोट नगरपालिका–१ खलङ्गाको बराहटाकुरा मा अर्को अस्थायी मतदान केन्द्र सञ्चालन गरिएको छ। यहाँ सुरक्षाकर्मी र कर्मचारीहरूले समानुपातिकतर्फ मतदान गरिरहेका छन्।
दिउँसो साढे १ बजेसम्म उक्त केन्द्रमा ३५ मत खसेको मतदान अधिकृत नरेन्द्र ओली ले जानकारी दिनुभयो। यहाँ कुल १ हजार १६ मतदाता रहेका छन्।
जिल्लाका ७६ मतदानस्थलअन्तर्गत १४० मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)










.jpg)






प्रतिक्रिया