सिमकोटको कालाशिल्ता मतदान केन्द्रमा अवरुद्ध मतदान पुनः सुरु
- BFIS News
- 2026 Mar 05 15:31
हुम्ला जिल्ला मा रहेको सिमकोट गाउँपालिका–१ स्थित कालाशिल्ता मतदान केन्द्र मा एक घण्टादेखि स्थगित भएको मतदान पुनः सुरु भएको छ।
मतदानस्थलमा बसेको सर्वदलीय बैठकबाट सहमति भएपछि मतदान प्रक्रिया पुनः सुरु गरिएको मतदान अधिकृत सुमनप्रतापजङ्ग शाह ले जानकारी दिनुभयो।
दुई पक्षबीच सामान्य विषयलाई लिएर विवाद हुँदा ढुङ्गा हानाहान भएपछि मतदान कार्य करिब एक घण्टा स्थगित भएको थियो। पछि मतदानस्थलमै सर्वदलीय बैठक बसेर विवाद समाधान गरिएको उहाँले बताउनुभयो।
यसअघि उक्त केन्द्रमा ३६० मत खसेको थियो। कुल ६७१ मतदाता रहेको केन्द्रमा बाँकी मतदाताले मतदान गरिरहेका छन्। जिल्लाका अन्य मतदान केन्द्रमा भने मतदान शान्तिपूर्ण रूपमा जारी रहेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)







.jpg)









प्रतिक्रिया