बाँके–१ बाट रास्वपाका सुरेश कुमार चौधरी १७ हजारभन्दा बढी मतान्तरले विजयी
- BFIS News
- 2026 Mar 07 08:43
नेपालगन्ज, फागुन २३ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुरेश कुमार चौधरी विजयी हुनुभएको छ ।
चौधरीले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नारायणप्रसाद गौडेललाई १७ हजार ४९१ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अन्तिम मत परिणामअनुसार चौधरीले ३२ हजार ७९२ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी गौडेलले १५ हजार ३०१ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी नेकपा (एमाले) का उम्मेदवार सूर्यप्रसाद ढकालले ११ हजार ९५ मत प्राप्त गर्नुभएको छ ।
मतपरिणाम सार्वजनिक भएसँगै बाँकेमा रास्वपा कार्यकर्ता तथा समर्थकहरूमा उत्साह छाएको छ । विजयी उम्मेदवार चौधरीले मतदाताप्रति आभार व्यक्त गर्दै क्षेत्रको विकास, सुशासन र जनअपेक्षा पूरा गर्न आफू सधैं प्रतिबद्ध र सक्रिय रहने जनाउनुभएको छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)
















प्रतिक्रिया