Nepal Life

मुक्तिनाथ विकास बैंकको उत्कृष्ट छात्रवृत्ति अभियान

NMB Bank
  • BFIS News
  • 2026 Mar 22 15:43
मुक्तिनाथ विकास बैंकको उत्कृष्ट छात्रवृत्ति अभियान
National Life

काठमाडौं। संस्थागत सामाजिक उत्तरदायित्वलाई विश्वव्यापी रूपमा महत्व दिएजस्तै बैंकले यस दायित्वलाई आत्मसाथ गर्दै आएको छ । वित्तीय सेवा मात्रै होइन, सामाजिक रूपान्तरणको यात्रामा पनि उत्तिकै प्रतिबद्ध देखिएको बैंकले विगत वर्षहरूमा प्रभावकारी सावित भएको “मुक्तिनाथ उत्कृष्ट छात्रवृत्ति” कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको छ।

Shikhar
NIMB

२०८२ साल माघ २ गतेदेखि २० गतेसम्म खुला गरिएको आवेदन आह्वानमा देशका विभिन्न स्थानहरुबाछ विद्यार्थीको आवेदन परेको छ। सीमित स्रोत र चुनौतीपूर्ण परिस्थितिका बाबजुद उत्कृष्ट भविष्य देख्ने आँखाहरूका लागि यो अवसर उपयोगी छ।

बैंकले केही वर्षदेखि कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई “मुक्तिनाथ उत्कृष्ट छात्रवृत्ति” अन्तर्गत सहयोग प्रदान गर्दै आएको छ। यस वर्ष काठमाडौँ उपत्यका र महानगरपालिका बाहेक अन्य स्थानीय तहमा रहेका शाखामार्फत, सम्बन्धित शाखा अवस्थित उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका स्थायी बासिन्दा न्यून आय, विपन्न तथा पिछडिएका परिवारका विद्यार्थीहरूमध्येबाट एस.ई.ई. उत्तीर्ण गरी कक्षा ११ मा अध्ययन गर्ने १/१ जनालाई छात्रवृत्ति प्रदान गर्ने व्यवस्था गरिएको छ। बैंकले विगतका आर्थिक वर्षमा छात्रवृत्ति प्राप्त गर्ने कक्षा ११ मा अध्ययन गर्ने विधार्थीहरुलाई कक्षा १२ मा समेत छात्रवृत्तिलाई निरन्तरता दिएको छ ।

पारदर्शी प्रक्रिया, लक्षित समुदाय

विद्यार्थीहरूले आफ्नै स्थानीय तहमा सञ्चालित बैंक शाखामा आवेदन दिनुपर्ने प्रावधान राखिएको थियो। आवेदक सम्बन्धित शाखा रहेको स्थानकै स्थायी बासिन्दा हुनुपर्ने, न्यून आय तथा विपन्न परिवारबाट आएको हुनुपर्ने, र आफ्नै जिल्लाभित्र रहेको कुनै उच्च माध्यमिक शैक्षिक संस्थामा अध्ययनरत हुनुपर्ने व्यवस्था गरिएको छ। विषय वा संकायको कुनै सीमाना नराखी सबैलाई समान अवसर दिइएको छ।

शैक्षिक संस्थाबाट भर्ना वा अध्ययनरत रहेको सिफारिस अनिवार्य गरिएको थियो। आवेदनसँगै फोटो, एस.ई.ई. मार्कसिट, चारित्रिक प्रमाणपत्र तथा अभिभावकको नागरिकताको प्रतिलिपि पेश गर्नुपर्ने व्यवस्था थियो।

तोकिएको संख्या भन्दा बढी आवेदन परेका खण्डमा सबैभन्दा गरिब तथा विपन्न परिवारका विद्यार्थीलाई प्राथमिकतामा राख्दै बैंकका शाखा प्रबन्धकले स्थानीय तहसँग समन्वय गरी छनौट गर्ने प्रबन्ध मिलाइएको छ। आवश्यक परे परिवारका सदस्यसँग अन्तर्वार्ता समेत लिने व्यवस्था गरिएको छ।

यस छात्रवृत्तिमा शैक्षिक संस्थामा लाग्ने शुल्क तथा शैक्षिक सामग्रीको खर्च समेटेर प्रति विद्यार्थी अधिकतम रु १५,००० सम्म प्रदान गरिन्छ । छात्रवृत्ति भर्ना भएको मितिदेखि लागू हुन्छ र अन्य कुनै छात्रवृत्ति नलिएका विद्यार्थी मात्र यसका लागि योग्य मानिन्छन्।
हाल बैंकका १२२ शाखाहरू यो कार्यक्रम सञ्चालन गर्न योग्य अवस्थामा छन्। तर छात्रवृत्तिको छनोट भने बैंकको शाखामा परेको आवेदनमा निर्भर रहेको छ । बैंकले विशेष गरी सामुदायिक तथा सरकारी विद्यालयका विद्यार्थीहरूलाई अझै प्राथमिकतामा राखेको छ । ग्रामीण क्षेत्रका विपन्न तथा गरिब विद्यार्थीहरूको उच्च शिक्षामा पहुँच बढाउने उद्देश्यले सञ्चालित यो अभियानलाई अझ प्रभावकारी बनाउँदै लैजाने लक्ष्य बैंकले लिएको छ। 

आर्थिक अभावले सपनाहरू थामिनु हुँदैन भन्ने विश्वासका साथ अघि बढेको यो पहल केवल छात्रवृत्ति कार्यक्रम मात्र होइन यो ग्रामीण प्रतिभालाई अवसरसँग जोड्ने सेतु हो। जब कुनै विद्यार्थी आर्थिक चिन्ताबाट मुक्त भएर कक्षाकोठामा आत्मविश्वासका साथ बस्छ, त्यतिबेला एउटा परिवारको मात्र होइन, सिंगो समुदायको भविष्य उज्यालो हुन्छ। “शिक्षामा लगानी भनेको भविष्यमा लगानी” भन्ने मान्यतालाई आत्मसात गर्दै, मुक्तिनाथ विकास बैंकले समाज रूपान्तरणको यात्रामा यस अभियानलाई थप एक सशक्त पाइला मानेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया