Nepal Life

आइजिआइ प्रुडेन्सियलमा रोजगारीको अवसर, ट्रेनिदेखि सहायक प्रबन्धकसम्म

NMB Bank
  • BFIS News
  • 2026 Mar 25 12:41
आइजिआइ प्रुडेन्सियलमा रोजगारीको अवसर, ट्रेनिदेखि सहायक प्रबन्धकसम्म
National Life

काठमाडौं। आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले विभिन्न पदमा रोजगारीको अवसर खुला गरेको छ। कम्पनीले देशभरका शाखाहरूमा ट्रेनिदेखि लिएर शायक प्रवन्धकपदसम्मका लागि दरखास्त आह्वान गरेको हो।

Shikhar
NIMB

नेपालको अग्रणी निर्जीवन बीमा कम्पनीहरूमध्ये आइजिआइ प्रुडेन्सियलले दीर्घकालीन करियर बनाउन इच्छुक ऊर्जाशील जनशक्तिलाई आकर्षित गर्ने उद्देश्यले दरखास्त प्रक्रिया सुरु गरेको हो। कम्पनीको आधिकारिक सूचनाअनुसार, मार्केटिङ विभागअन्तर्गत देशभर केहि संख्यामा दरखास्त खुला गरिएको छ।

सहायक प्रबन्धक/उप–प्रबन्धक

कम्तीमा स्नातक उत्तीर्ण (स्नातकोत्तरलाई प्राथमिकता) र निर्जीवन बीमा कम्पनीमा न्यूनतम ६ वर्षको अनुभव आवश्यक पर्ने कम्पनीले जनाएको छ।

वरिष्ठ विकास अधिकृत/मार्केटिङ अधिकृत/वरिष्ठ मार्केटिङ अधिकृत

कम्तीमा स्नातक भनिए पनि स्नातकोत्तरलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ। यस पदका लागि निर्जीवन बीमामा कम्तीमा ५ वर्षको अनुभव आवश्यक पर्नेछ।

उप–विकास अधिकृत/विकास अधिकृत

यस पदका लागि कम्तीमा १०+२ उत्तीर्ण गरेको हुनुपर्नेछ। स्नातकलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ। बीमा, बैंकिङ वा वित्तीय संस्थामा कम्तीमा २ वर्षको अनुभव आवश्यक पर्नेछ।

प्रशिक्षार्थी विकास अधिकृत

यस पदका लागि १०+२ उत्तीर्ण गरेको हुनुपर्नेछ। स्नातक गरेकालाई प्राथमिकता दिइनेछ। फ्रेसरले यस पदका लागि दरखास्त दिन सक्नेछन्। उमेर २५ वर्ष ननाघेको हुनुपर्छ र बीमा क्षेत्रमा मार्केटिङप्रति रुचि आवश्यक पर्ने कम्पनीले जनाएको छ।

इच्छुक आवेदकले २०८३ वैशाख २५ (April 8, 2026) भित्र कम्पनीको आधिकारिक करियर पोर्टलमार्फत आवेदन दिनुपर्नेछ। कम्पनीले व्यवसाय विस्तार र देशभर जनशक्ति सुदृढ गर्ने रणनीतिक कदमको रूपमा यस दरखास्तलाई लिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार