NIMB Header 2
Nepal Life

मेराे माईक्राेफाईनान्स तिलकपुरमा वित्तीय साक्षरता तथा गुनासो सुनुवाई कार्यक्रम सम्पन्न

IME LIFE
  • BFIS News
  • 2026 Mar 28 22:25
मेराे माईक्राेफाईनान्स तिलकपुरमा वित्तीय साक्षरता तथा गुनासो सुनुवाई कार्यक्रम सम्पन्न
United Ajod

काठमाडौं। मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय तिलकपुरको आयोजनामा वित्तीय साक्षरता अभिवृद्धि तथा ग्राहक गुनासो सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।

Nepal Life
NIMB

कार्यक्रममा प्रमुख अतिथिका रूपमा संस्थाका प्रदेश नम्बर ५ का प्रदेश प्रमुख तर्क बहादुर रावल उपस्थित थिए। उनले लघुवित्त सेवाको प्रभावकारी उपयोग, बचतको महत्व तथा समयमै कर्जा भुक्तानी गर्ने बानी विकास गर्नुपर्नेमा जोड दिए। उनका अनुसार वित्तीय अनुशासनले मात्रै सदस्यहरूको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने गर्दछ।

विशेष अतिथिका रूपमा इलाका प्रहरी कार्यालय बासाका प्रहरी अन्जु कार्कीले वित्तीय कारोबारमा सचेत रहन आग्रह गर्दै ठगी तथा आर्थिक अपराधबाट बच्ने उपायबारे जानकारी दिइन्। त्यस्तै, अनुगमन कार्यालय तेलघाका अनुगमन अधिकृत देवराज पाण्डेले संस्थागत पारदर्शिता र उत्तरदायित्वका विषयमा आफ्नो धारणा राखेका थिए।

यसैगरी सरावल गाउँपालिका वडा नम्बर १ का वडा प्रतिनिधि शोभादेवी थारुले स्थानीय तह र लघुवित्त संस्थाबीचको सहकार्यले समुदायको आर्थिक विकासमा टेवा पुग्ने बताए। कार्यक्रममा विभिन्न केन्द्रबाट सहभागी केन्द्र प्रमुख तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले आफ्ना गुनासो तथा जिज्ञासा राखेका थिए भने संस्थाका प्रतिनिधिहरूले ती विषयमा आवश्यक स्पष्टता तथा समाधानको आश्वासन दिएका थिए।

कार्यक्रममार्फत बचत गर्ने बानी, कर्जाको सदुपयोग, साना व्यवसाय प्रवर्द्धन तथा वित्तीय अनुशासनसम्बन्धी जानकारी प्रदान गरिएको संस्थाले जनाएको छ। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णमा संस्थाले धन्यवाद व्यक्त गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया