Nepal Life

वैदेशिक रोजगारमा जाने श्रमिकको आधार बन्न सकेनन् बैंक, ८५ प्रतिशतको खर्च जोहो गर्ने आधार ऋण र सापटी

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Mon 16:15
वैदेशिक रोजगारमा जाने श्रमिकको आधार बन्न सकेनन् बैंक, ८५ प्रतिशतको खर्च जोहो गर्ने आधार ऋण र सापटी
Sanima Reliance

काडमाडौं । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययन अनुसार वैदेशिक रोजगारमा जाने ८५ प्रतिशत श्रमिकले विदेश जादाको खर्च व्यक्तिगत ऋण र सापटीबाट जोहो गर्ने गरेको पाइएको छ । रेमिट्यान्सबाटै धानिरहेको मुलुकका श्रमिकको अझै पनि प्राथमिक तहमा बैंकमा पहुँच पुग्न सकेको छैन ।

NIMB

वैदेशिक रोजगारीमा जाने श्रमिकहरुमध्ये १५.१० प्रतिशतले मात्र रोजगारीमा जाँदा लागेको खर्चको व्यवस्थापन बैंक/वित्तीय संस्थाबाट गरेका छन् भने ८४.९० प्रतिशतले ऋण/सापटी गरेर सो खर्चको व्यवस्थापन गर्ने गरेको अध्ययनले देखाएको छ ।

नेपालका धेरैजसो उत्पादनशील जनशक्ति वैदेशिक रोजगारीमा आबद्ध भएको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै वैदेशिक रोजगारीबाट आप्रवाह भएको विप्रेषणले लुम्बिनी प्रदेशमा पारेको आर्थिक तथा सामाजिक प्रभावको बारेमा अध्ययन गर्ने क्रममा सर्वेक्षणबाट यस्तो तथ्याङ्क पत्ता लागेको हो ।

अध्ययन अनुसार वैदेशिक रोजगारीबाट वार्षिक ५ लाखसम्म, ५ देखि १० लाखसम्म र १० लाख भन्दा माथि आय/आर्जन गर्नेहरु क्रमशः ४२.३० प्रतिशत, ३९.६९ प्रतिशत र १८.०१ प्रतिशत रहेका छन् ।

वैदेशिक रोजगारीमा जाँदा रु.१ लाखसम्म, रु.१ लाख देखि २ लाखसम्म, रु.२ लाख देखि ३ लाखसम्म, रु.३ लाख देखि ४ लाखसम्म र रु.४ लाखभन्दा माथि खर्च गरेर जानेहरु क्रमशः २२.५० प्रतिशत, ४२.० प्रतिशत, १४.९ प्रतिशत, ४.७० प्रतिशत र १५.९० प्रतिशत रहेको अध्ययनले देखाएको छ ।

अध्ययनमा समेटिएका नमूना परिवारहरुले वैदेशिक रोजगारीबाट आर्जन गरेको रकममध्ये दैनिक उपभोग, शिक्षा/स्वास्थ्य, ऋण तिर्न र मनोरञ्जन तथा अन्यमा क्रमशः ५८.७८ प्रतिशत, २२.४८ प्रतिशत, १०.०७ प्रतिशत र ८.६७ प्रतिशत खर्च गर्ने गरेको देखिन्छ । अध्ययनमा समेटिएका नमूना परिवारहरुमध्ये ९६.६१ प्रतिशत परिवारको दैनिक उपभोग खर्च वैदेशिक रोजगारीमा जानुपूर्वको तुलनामा बढेको छ । त्यस्तै, ९६.०८ प्रतिशत परिवारको चाडपर्व/मनोरञ्जन/सामाजिक खर्च समेत बढेको पाईएको छ । लगानीको अवस्था हेर्दा व्यापार व्यवसाय, घर/घडेरी र गरगहनामा क्रमशः ६८.२१ प्रतिशत, ६५.८० प्रतिशत र ६३.१९ प्रतिशत परिवारको लगानी विस्तार भएको पाईएको छ ।

अध्ययन अनुसार वैदेशिक रोजगारीमा गएका व्यक्तिहरुको शैक्षिक अवस्था हेर्दा आधारभूत, माध्यमिक, स्नातक र स्नातकोत्तर वा सो भन्दा माथि अध्ययन गरेका व्यक्तिहरु क्रमशः ४०.७३ प्रतिशत, ४३.०८ प्रतिशत, १३.३२ प्रतिशत र २.८७ प्रतिशत रहेको देखिन्छ ।

अध्ययन अनुसार वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मुलुकहरुमध्ये सबैभन्दा बढी यूएईमा २४.२८ प्रतिशत र सबैभन्दा कम ओमन तथा बहराइन दुवैमा १.८३ प्रतिशत वैदेशिक रोजगारीका लागि गएका छन्।

अध्ययनमा समेटिएका परिवारहरुमध्ये वैदेशिक रोजगारी अन्तर्गत ५ वर्षभन्दा कम अवधि काम गर्ने ३६.८२ प्रतिशत र ५ वर्षभन्दा बढी काम गर्ने ६३.१८ प्रतिशत रहेका छन् । वैदेशिक रोजगारीमा जानुपर्ने कारणहरुमध्ये पारिवारिक आर्थिक अवस्था सुधार्न जाने सबैभन्दा बढी अर्थात ४१.८० प्रतिशत रहेका छन्।

अध्ययनमा समेटिएका वैदेशिक रोजगारीमा संलग्नमध्ये सीपमूलक तालिम नलिई जाने ७६.० प्रतिशत रहेका छन् भने तालिम लिएर जाने २४.० प्रतिशत रहेका छन् । त्यस्तै वैदेशिक रोजगारीमा जानुपूर्व स्वदेशमा कुनै पेशामा आबद्ध रहेका र आबद्ध नरहेका व्यक्तिहरु क्रमशः ४०.० प्रतिशत र ६०.० प्रतिशत रहेका छन्।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया