Nepal Life

तरलता बढेपछि लगातार रिभर्स रिपो जारी गर्दै राष्ट्र बैंक, आइतबार थप २० अर्ब

NMB Bank
  • BFIS News
  • 2023 Jun 23 22:08
तरलता बढेपछि लगातार रिभर्स रिपो जारी गर्दै राष्ट्र बैंक, आइतबार थप २० अर्ब
National Life

काठमाडौं। बैंकिङ प्रणालीमा तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले एकपछि अर्को गर्दै रिभर्स रिपो जारी गरेको छ। बिहीबार जारी गरेको राष्ट्र बैंकले आइतबार फेरी जारी गर्ने भएको छ।

Shikhar
NIMB

प्रणालीमा अधिक भएको तरलता तान्ने मौद्रिक औजार हो- रिभर्स रिपो। राष्ट्र बैंकले आइतबार २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्न लागेको हो।

प्रणालीमा करिव ४० अर्ब रुपैयाँ अधिक तरलता छ। तरलता बढेपछि त्यसलाई तान्न राष्ट्र बैंकले चालु आर्थिक बर्षमा तेस्रो पटक  रिभर्स रिपो जारी  गर्न लागेको हो।

बिहीबार मात्र १० अर्बको रिभर्स रिपोका लागि २६ अर्ब ३३ करोड रुपैयाँको आवेदन परेको थियो। यसअघि चैत १० गते पनि ५ अर्बको रिभर्स रिपो जारी गरिएको थियो।

अघिल्लो पटक रिभर्स रिपोको औषत ब्याज दर ४.३२ प्रतिशत रहेकोमा बिहीबारकोमा ३.०१ प्रतिशत कायम भएको थियो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया