Nepal Life

नेपाल अन्तराष्ट्रिय व्यापार मेला मंसिर १४ देखि शुरु हुने, स्टल बुकिङ खुला

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Tue 05:10
नेपाल अन्तराष्ट्रिय व्यापार मेला मंसिर १४ देखि शुरु हुने, स्टल बुकिङ खुला
Sanima Reliance

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघद्धारा प्रत्येक वर्ष आयोजना गरिदै आएको नेपाल अन्तराष्ट्रिय व्यापार मेला Nepal International Trade Fair- NITF यस वर्ष आगामी २०८० मंसिर १४ देखि १८ गते सम्म काठमाडौमा हुने भएको छ ।

NIMB

काठमाडौको भृकुटीमण्डपमा आयोजना हुने उक्त मेलाका लागि ५०% स्टल बुकिङ भै सकेको र यस वर्षको मेलामा चीन, भारत, पाकिस्तान, बङ्गलादेश र भुटानबाट सहभागिता हुने भएको छ ।  मेलामा नेपाली युवा उद्यमी मन्चद्धारा Made in Nepal पेभेलियन तथा बस्तुगत संघहरुको Commodity Pavilion रहने छ ।

नेपाल सरकार/उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको सहयोगमा  व्यापार तथा निकासी प्रबद्र्धन केन्दको प्रबद्र्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह आयोजनामा क्यालेन्डर इभेन्टको रुपमा उक्त मेला आयोजना हुन लागेको हो । नेपाल अन्तराष्ट्रिय व्यापार मेला २०२३ नर्वौ संस्करण हो ।

नेपाल अन्तराष्ट्रिय व्यापार मेला २०२३ नेपाली उत्पादनलाई अन्ताष्ट्रिय बजारमा प्रबद्र्धन गर्न एक सशक्त माध्यम बन्दै आएको छ । NITF मेलामा नेपालको औद्यौगिक व्यवसायिक सम्भाव्यताका विषयमा जानकारी गराउन थप सहयोग पुग्ने विस्वास लिएको छ ।
कुल ३०० भन्दा बढी स्टल मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिने छ । मेलामा सार्क राष्ट्र सहित चीन, कोरिया, जापान, इण्डोनेशिया, मलेशिया लगायतका देशका क्रेताहरुलाई आमन्त्रण गरिने छ ।

मेलामा भारतको India Chamber of Commerce र नेपालको नेपाल हब्स तथा हर्बल उत्पादक संघको संयुक्त आयोजनामा आयुर्वेद सम्बन्धि बस्तुहरुको प्रर्दशनी एवं प्रवचन कार्यक्रम समेत हुने छ ।

नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा Made in Nepal Show हस्तकला उत्पादनहरु, NTIS Products, Commodity Pavilion रहने छन् । मेलाका अवसरमा अन्तराष्ट्रिय खरिदकार्तासंग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्य समेत रहेको छ । मेलामा हस्तकला, पर्यटन सूचना तथा प्रबिधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण सम्बन्धी शिक्षा आदिका छुट्टाछुट्टै स्टलहरु राखिने छन् ।

मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरुसंग भेटघाट तथा द्धिपक्षिय व्यापार प्रबद्र्धन तथा लगानीबारे छलफल हुने र यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिब ५० हजार अवलोकनकर्ताहरुले अवलोकन गर्ने लक्ष्य राखिएको छ । विभिन्न जिल्लामा आयोजना भएका मेलाहरुमा उत्कृष्ट स्टल तथा उत्पादनलाई NITF मा निःशुल्क स्टल उपलब्ध गराईने छ ।
महासंघकै नेतृत्वमा यस वर्ष अघिल्ला वर्षहरु जस्तै मुलुक भित्र प्रादेशिक, जिल्लास्तर एवं वस्तुगत गरि विभिन्न भागमा मेला तथा महोत्सव आयोजना हुने पत्रहरु प्राप्त भै रहेको छ । 

राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा एउटा विशिष्ठ पहिचान बनाईसकेको नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको नियमित आयोजनाबाट नेपालमा अन्तराष्ट्रिय लगानी तथा प्रविधि आर्कषण गर्ने, नेपाली उत्पादनहरुको अन्तरष्ट्रिय बजार प्रर्बद्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सघाउ पुर्याउने आशा एवंं विश्वास महासंले लिएको छ । साथै मन्दिमा रहेका अर्थतन्त्रलाई चलायमान बनाउन समेत Nepal International Trade Fair- NITF सहयोगी हुने विश्वास महासंघको छ । 

मेलामा जेष्ठ नागरीक तथा फरक रुपले सक्षम नागरिकहरुलाई निःशुल्क तथा विद्यार्थीहरुलाई उनीहरुको प्रवेशपत्रका आधारमा पचास प्रतिशत प्रवेश छुटको व्यवस्था समेत गरिएको छ । आजबाट स्टल बुकिङ खुल्ला गरिएको छ ।

पत्रकार सम्मेलनलाई संवोधन गर्नुहुंदै महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अन्तराष्ट्रिय व्यापार मेला अर्थतन्त्रलाई चलायमान बनाउन सहयोगी हुने विश्वास प्रकट गर्नुुभयो । मेलामा राष्ट्रिय एवं अन्तराष्ट्रिय प्रदर्शकको जमघटबाट लगानी तथा प्रविधि आकर्षण र उत्पादन विविधिकरणमा समेत सघाउ पुुग्ने धारणा अध्यक्ष ढकालको थियो । 

उपाध्यक्ष सुरकृष्ण वैदले एउटा छुट्टै ब्राण्ड बनाउन सफल एनआईटीएफ निजी क्षेत्रका लागि एउटा बलियो प्ल्याटफर्म भएको बताउनुु भयो । उपाध्यक्ष हेमराज ढकालले मेलामा वस्तुुगत संघको छुुट्टै पेभिलियनले मेलालाई थप आकर्षक बनाउने विश्वास व्यक्त गर्नुुभयो ।  पत्रकार सम्मेलनमा व्यापार मेला समितिका सभापति उमेश डालमिया र सहसभापति सविनलाल श्रेष्ठले पनि वोलेका थिए । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया