NIMB Header 2
Nepal Life

श्रममन्त्री दिपककुमार साह पदमुक्त, स्वास्थ्य मन्त्री मेहता सचेत

IME LIFE
  • BFIS News
  • 2026 Apr 09 16:39
श्रममन्त्री दिपककुमार साह पदमुक्त, स्वास्थ्य मन्त्री मेहता सचेत
United Ajod

काठमाडौं, चैत २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई पदमुक्त गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसका आधारमा बिहीबार उक्त निर्णय गरिएको हो।

Shikhar
Nepal Life
NIMB

रास्वपा सभापति रवि लामिछानेले मन्त्री साहले पदीय मर्यादाको दुरुपयोग गर्दै आफ्नी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डमा नियमित कार्यमा संलग्न गराएको आरोप लगाउँदै कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गर्नुभएको थियो।

यसअघि रास्वपाको केन्द्रीय अनुशासन आयोगले विषयमा विस्तृत अध्ययन गरी साहलाई कारबाही गर्नुपर्ने प्रतिवेदन पार्टीलाई बुझाएको थियो। सो प्रतिवेदनमा मन्त्री साहको गतिविधिले पार्टीको छवि, आदर्श र मर्यादामा गम्भीर असर पुगेको निष्कर्ष निकालिएको थियो।

पार्टी विधानको धारा २५ (४) (क) अनुसार सभापतिलाई पार्टीको सिद्धान्त र मर्यादा जोगाउने जिम्मेवारी रहेको उल्लेख गर्दै, धारा ६९ अनुसार पदको दुरुपयोग भएको अवस्थामा जिम्मेवारीबाट फिर्ता बोलाउन सकिने व्यवस्था अनुरूप सिफारिस गरिएको जनाइएको छ।

उक्त सिफारिस र आधारका आधारमा प्रधानमन्त्री शाहले मन्त्री साहलाई पदमुक्त गरेको जानकारी प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले दिनुभएको छ।

यसैबीच, सोही प्रकरणमा अपेक्षित गम्भीरता नदेखाएको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई समेत प्रधानमन्त्री शाहले सचेत गराइसक्नुभएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया