राजनीतिक अनिश्चितता र वैश्विक द्वन्द्वको असर: नेपालको वृद्धि २.७% मा समित हुने एडिबीको प्रक्षेपण
- BFIS News
- 2026 Apr 10 16:18
काठमाडौं — एशियाली विकास बैंक (एडीबी) ले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशतमा सीमित रहने प्रक्षेपण सार्वजनिक गरेको छ। एडीबीले आफ्नो नियमित प्रतिवेदन एशियन डेभलपमेण्ट आउटलुक मार्फत आगामी वर्षको आर्थिक अवस्था सम्बन्धी अनुमान सार्वजनिक गरेको हो।
यसअघि दुई दिनअघि विश्व बैंक ले नेपालका लागि आर्थिक वृद्धिदर २.३ प्रतिशत रहने प्रक्षेपण गरेको थियो। एडीबीको प्रक्षेपण विश्व बैंकको तुलनामा केही उच्च देखिएको छ।
नेपालका लागि एडीबीका राष्ट्रिय निर्देशक आर्नो कोश्वा ले गत वर्षको नागरिक अशान्ति, राजनीतिक अनिश्चितता तथा मध्यपूर्वमा जारी द्वन्द्वका कारण आर्थिक गतिविधिमा असर परेको बताएका छन्। उनका अनुसार यी प्रतिकूल परिस्थितिका बीच आर्थिक वर्ष २०२६ मा आर्थिक वृद्धिदर उल्लेख्य रूपमा शिथिल रहनेछ।
कोश्वाका अनुसार राजनीतिक स्थायित्व पुनः स्थापित भएमा सुधारका प्रयासहरू अघि बढ्ने र अर्थतन्त्रमा आत्मविश्वास वृद्धि हुने अपेक्षा गरिएको छ। तर, विशेषगरी मध्यपूर्वमा जारी द्वन्द्वका कारण पेट्रोलियम पदार्थको मूल्य वृद्धि, पर्यटन क्षेत्र र विप्रेषण आप्रवाहमा नकारात्मक असर पर्ने जोखिम अझै कायम रहने देखिएको छ।
यद्यपि, हाल देखिएका आघातहरू क्रमशः कमजोर बन्दै गएसँगै आन्तरिक मागमा सुधार, जलविद्युत निर्यात वृद्धि र पर्यटन क्षेत्र सुदृढ हुने अपेक्षा गरिएको छ। एडीबीका अनुसार यी सकारात्मक संकेतका आधारमा आर्थिक वर्ष २०२७ मा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडिपी) वृद्धिदर बढेर करिब ५ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)








.jpg)









प्रतिक्रिया