NIMB Header 2
Nepal Life

हौँचुरे घिमिरे वंशावलीको विमोचन तथा ज्येष्ठ नागरिक सम्मान सम्पन्न

IME LIFE
  • BFIS News
  • 2026 Apr 14 14:58
हौँचुरे घिमिरे वंशावलीको विमोचन तथा ज्येष्ठ नागरिक सम्मान सम्पन्न
United Ajod

काठमाडौं। हौँचुरे घिमिरे वंशावलीको विमोचन तथा बन्धु पारिवारिक भेटघाट कार्यक्रम साहित्यकार गणेश घिमिरे “मार्मिक” को अध्यक्षतामा भक्तपुरको कौशलटारमा भव्यताका साथ सम्पन्न भएको छ ।

Nepal Life
NIMB

यस कार्यक्रममा “ज्येष्ठ नागरिकको सम्मान, हाम्रो अभियान” अन्तर्गत यस कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका तारानाथ घिमिरेलाई “ज्येष्ठतम् पुरुष सम्मान”; ९४ वर्षीय चेली मनिकर्णिका निरौलालाई “ज्येष्ठतम् चेली सम्मान; ईन्दिरा घिमिरेलाई “ज्येष्ठतम् महिला सम्मान (पन्ध्रौँ पुस्ता); हौँचुरे घिमिरे वंशावलीका विशेष सहयोगी सम्पादक पशुपति घिमिरेलाई “विद्वत् सम्मान” तथा यस कार्यक्रमका सभाध्यक्षसमेत रहेका हौँचुरे घिमिरे वंशावलीका सङ्कलक तथा सम्पादक गणेश घिमिरे “मार्मिक”लाई “सम्पादक सम्मान” प्रदान गरिएको थियो ।         

यसैगरी सत्रौँ पुस्ता आयोजक रहेको यस कार्यक्रममा सत्तरी वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई पनि माला र दोसल्ला पहिराएर सम्मान गरिएको थियो । भावी पुस्तामा ज्येष्ठ नागरिकप्रतिको सकारात्मक भावना जागृत गराउने उद्देश्यले यस्तो कार्यक्रम गरिएको आयोजकको भनाइ छ । कार्यक्रममा स्वागत मन्तव्य रमेश घिमिरेले तथा कार्यक्रम सन्चालन हरि घिमिरेले गरेका थिए भने पुस्तक समीक्षा राहित्यकार तथा समालोचक डा.रमेश शुभेच्छुले गरेका थिए। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया