बैंकिङ प्रणालीमा अत्यधिक तरलता: राष्ट्र बैंकले फेरि ४० अर्ब रुपैयाँ खिच्दै
- BFIS News
- 2026 Apr 15 11:04
काठमाडौं — नेपाल राष्ट्र बैंक ले बैंकिङ प्रणालीमा बढ्दो तरलता व्यवस्थापन गर्न आज फेरि ४० अर्ब रुपैयाँ खिच्ने भएको छ। वैशाख २ गतेका लागि तय गरिएको यो कदम बजारमा उपलब्ध अत्यधिक नगद सन्तुलनमा ल्याउने उद्देश्यले गरिएको हो।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलन उपकरणमार्फत उक्त रकम खिच्न आज दिउँसो ३ बजे बोलकबोल प्रक्रिया सञ्चालन गरिनेछ। यसमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँका गुणकमा कुल आह्वान रकमसम्म प्रस्ताव पेश गर्न सक्नेछन्।
बोलकबोल ब्याजदरका आधारमा गरिनुपर्नेछ भने बहुब्याजदर प्रणाली अन्तर्गत बहुबोलकबोल गर्न पनि अनुमति दिइएको छ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।
राष्ट्र बैंकले जनाएको अनुसार यो ५६ दिने निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी आउँदो जेठ २७ गते गरिनेछ। बैंकिङ क्षेत्रमा हाल देखिएको अधिक तरलता नियन्त्रण गर्दै वित्तीय स्थायित्व कायम राख्न केन्द्रीय बैंकले यस्तो उपकरण प्रयोग गर्दै आएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया