NIMB Header 2
Nepal Life

कियाद्वारा आगामी एक वर्षमा चार नयाँ इभी र एसयूभी मोडेल सार्वजनिक गर्ने तयारी

IME LIFE
  • BFIS News
  • 2026 Apr 16 13:51
कियाद्वारा आगामी एक वर्षमा चार नयाँ इभी र एसयूभी मोडेल सार्वजनिक गर्ने तयारी
United Ajod

काठमाडौं । दक्षिण कोरियाली अटोमोबाइल निर्माता Kia ले भारतीय बजारलाई लक्षित गर्दै आगामी एक वर्षभित्र चारवटा नयाँ एसयूभी तथा विद्युतीय मोडेल सार्वजनिक गर्ने योजना अघि सारेको छ।

Nepal Life
NIMB

कम्पनीले विभिन्न मूल्य र पावरट्रेन विकल्पमा नयाँ गाडी ल्याउने तयारी गरेको जनाएको छ।

कम्पनीका अनुसार सन् २०२६–२०२७ को अवधिमा चार फरक मोडेल सार्वजनिक गरिनेछन्। यसमा ‘साइरोस’ नामक विद्युतीय एसयूभी, तीन पंक्तिको प्रिमियम ‘सोरेन्टो’, ‘सेल्टोस’को स्ट्रङ हाइब्रिड संस्करण तथा नयाँ पुस्ताको ‘सोनेट’ समावेश छन्।

उपलब्ध जानकारीअनुसार ‘साइरोस’ इभी सन् २०२६ को जुलाईसम्ममा बजारमा ल्याइने तयारी छ। यस मोडेलको मूल्य करिब १५ लाखदेखि २० लाख भारतीय रुपैयाँको बीचमा रहने अनुमान गरिएको छ।

त्यसैगरी, सात सिट क्षमतासहितको ‘सोरेन्टो’ एसयूभी सन् २०२७ भित्र सार्वजनिक गरिने बताइएको छ। यसको प्रारम्भिक मूल्य करिब ३५ लाख भारतीय रुपैयाँ आसपास हुने अपेक्षा गरिएको छ।

‘सेल्टोस’को हाइब्रिड संस्करण र नयाँ ‘सोनेट’ मोडेल पनि सोही अवधिमा बजारमा ल्याइने तयारी भए पनि यी मोडेलहरूको विस्तृत प्राविधिक विवरण तथा मूल्यबारे कम्पनीले हालसम्म औपचारिक जानकारी सार्वजनिक गरेको छैन।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया