NIMB Header 2
Nepal Life

माछापुच्छ्रे बैंक र एनसीएचएलबीच नेपालपे कार्ड सेवा सक्षम बनाउन सम्झौता

NMB Bank
  • BFIS News
  • 2026 Apr 17 11:04
माछापुच्छ्रे बैंक र एनसीएचएलबीच नेपालपे कार्ड सेवा सक्षम बनाउन सम्झौता
United Ajod

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) बीच इएफटी (EFT) कार्ड स्वीचमार्फत नेपालपे कार्डको भुक्तानी सेवा सक्षम गर्ने सम्बन्धमा सम्झौता भएको छ।

Shikhar
Nepal Life
NIMB

एक औपचारिक कार्यक्रममा बैंकका प्रमुख डिजिटल बैंकिङ अधिकृत माधव सुबेदी र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरी आदानप्रदान गरेका हुन्।

सम्झौतापछि एनसीएचएलको इएफटी स्वीच, नेशनल कार्ड स्वीच (NPS–NCS) सँगको इन्टिग्रेशनमार्फत माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकलाई नेपालपे कार्ड जारी गर्न सक्नेछ। साथै, बैंकले अन्तर्राष्ट्रिय Discover Network अन्तर्गतका कार्ड तथा RuPay कार्डसमेत अक्वायर गरी नेपालपे कार्डका कारोबार प्रोसेस गर्न सक्ने व्यवस्था मिल्नेछ।

प्रारम्भिक चरणमा बैंकले आफ्ना १९९ भन्दा बढी एटीएम र ३,००० भन्दा बढी पीओएस टर्मिनलमार्फत नेपालपे कार्डको अक्वायरिङ सेवा सक्षम बनाउने जनाएको छ। त्यसपछि क्रमिक रूपमा ग्राहकलाई कार्ड वितरण गरिनेछ।

एनसीएचएलले हालै नेपालपे कार्डको व्यावसायिक रोलआउट सुरु गरिसकेको छ। अन्तर्राष्ट्रिय साझेदार डिस्कभर नेटवर्कमार्फत नेपालपे कार्ड विश्वव्यापी रूपमा प्रयोग गर्न सकिने बताइएको छ। नेशनल पेमेन्ट स्विचअन्तर्गत नेपालपे सञ्चालनमा आएसँगै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकद्वारा जारी गरिएका कार्डहरू नेपाल र विदेशका एटीएम तथा पीओएस टर्मिनलमा प्रयोग गर्न सकिने भएको छ।

हाल एनसीएचएलको इएफटी सेवामार्फत १० वटा सदस्य बैंक तथा वित्तीय संस्थाले विभिन्न अन्तर्राष्ट्रिय कार्ड स्किमहरू प्रोसेस गर्दै आएका छन्। इएफटी र नेशनल पेमेन्ट स्विचबीचको इन्टिग्रेशनपछि नेपालपे कार्डसमेत प्रोसेस गर्न सकिने भएको हो। अन्य सदस्य बैंक तथा वित्तीय संस्थाहरूले पनि नेपालपे कार्ड इस्यू तथा अक्वायर गर्ने तयारी गरिरहेका छन्।

अहिलेसम्म नेपालपेमा ३४ भन्दा बढी बैंक तथा वित्तीय संस्था आवद्ध भई विभिन्न चरणमा रोलआउट गरिरहेका छन्। दुई वटा वाणिज्य बैंकले कार्ड जारी गर्न सुरु गरिसकेका छन् भने तीन वटा बैंकले अक्वायरिङ सेवा प्रदान गरिरहेका छन्। आगामी दिनमा यसको दायरा अझ विस्तार हुने अपेक्षा गरिएको छ।

माछापुच्छ्रे बैंकले हाल १८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। बैंकले डिजिटल बैंकिङ विस्तारमा जोड दिँदै आन्तरिक प्रणाली र ग्राहक सेवा सुधारतर्फ तीव्र रूपमा काम गरिरहेको जनाएको छ। देशभर बैंकका १६५ शाखा, १२ विस्तारित काउन्टर, ८८ शाखारहित बैंकिङ सेवा तथा १९९ एटीएम सञ्चालनमा छन् भने ४ लाखभन्दा बढी कार्डहोल्डर ग्राहक रहेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया