NIMB Header 2
Nepal Life

कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न, ६८ हजार ४७५ जनालाई १० कित्ता

IME LIFE
  • BFIS News
  • 2026 Apr 20 12:04
कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न, ६८ हजार ४७५ जनालाई १० कित्ता
United Ajod

काठमाडौं। कालिन्चोक हाइड्रोपावर लिमिटेड को प्रारम्भिक निष्कासन (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ। उक्त बाँडफाँट कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड को कार्यालयमा गरिएको हो।

Nepal Life
NIMB

कम्पनीले गत चैत २२ गतेदेखि २५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ६ करोड ८४ लाख ७५ हजार रुपैयाँ बराबरका ६ लाख ८४ हजार ७५० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो। यस आईपीओमा कुल २७ लाख ८४ हजार ५१९ जनाले आवेदन दिएका थिए। तीमध्ये २६ लाख ३५ हजार ६३४ वटा आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन रद्द गरिएको थियो।

मागभन्दा अत्यधिक आवेदन परेकाले गोलाप्रथा प्रणालीमार्फत शेयर बाँडफाँट गरिएको हो। यसअनुसार ६८ हजार ४७५ जना आवेदकले प्रतिव्यक्ति १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया