NIMB Header 2
Nepal Life

गृहमन्त्री प्रकरणमा निष्पक्ष छानबिन गर्न नेपाली कांग्रेसको माग, पारदर्शितामा जोड

IME LIFE
  • BFIS News
  • 2026 Apr 20 14:29
गृहमन्त्री प्रकरणमा निष्पक्ष छानबिन गर्न नेपाली कांग्रेसको माग, पारदर्शितामा जोड
United Ajod

काठमाडौं। नेपाली कांग्रेस ले गृहमन्त्रीसँग सम्बन्धित पछिल्लो प्रकरणमा स्वतन्त्र र निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेको छ। पार्टीले सार्वजनिक रूपमा उठेका मन्त्रीहरूको सम्पत्तिको स्रोतसम्बन्धी प्रश्नलाई गम्भीरतापूर्वक लिनुपर्ने आफ्नो अघिल्लो निर्णयप्रति पुनः प्रतिबद्धता जनाउँदै यस्तो माग अघि सारेको हो।

Nepal Life
NIMB

पार्टीका अनुसार पारदर्शिता र जवाफदेहिता लोकतन्त्रका आधारभूत स्तम्भ भएकाले यस्ता विषयमा विश्वसनीय, निष्पक्ष र तथ्यमा आधारित अनुसन्धान अपरिहार्य हुन्छ। कांग्रेसले आफ्नो धारणा स्पष्ट गर्दै नैतिकता र स्वच्छ राजनीतिलाई संस्थागत गर्ने प्रयास कुनै व्यक्ति वा दल लक्षित नभई समग्र राजनीतिक संस्कार सुधारतर्फ केन्द्रित रहेको जनाएको छ।

प्रेस विज्ञप्तिमा गृहमन्त्रीसँग जोडिएको प्रकरणले सार्वजनिक चासो मात्र होइन, राजनीतिक नैतिकता र पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको उल्लेख गरिएको छ। सम्बन्धित पदमा रहँदा अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्न सक्ने आशंका रहने भएकाले अनुसन्धानलाई स्वतन्त्र र प्रभावरहित बनाउन आवश्यक वातावरण सुनिश्चित गरिनुपर्ने कांग्रेसको भनाइ छ।

कांग्रेसले सरकारसमक्ष गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको उच्चस्तरीय र निष्पक्ष छानबिन प्रक्रिया तत्काल सुरु गर्न माग गरेको छ। साथै, यस विषयलाई ढिलासुस्ती, प्रभाव वा ढाकछोपतर्फ लैजाने कुनै पनि प्रयासले सुशासन, नैतिकता र जनविश्वासमा गम्भीर असर पार्ने चेतावनी पनि दिएको छ।

पार्टीले आफू सधैं पारदर्शिता, जवाफदेहिता र नैतिक राजनीतिको पक्षमा दृढतापूर्वक उभिएको र भविष्यमा पनि उभिरहने प्रतिबद्धता व्यक्त गरेको छ। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया