NIMB Header 2
Nepal Life

सम्पत्ती सुद्धिकरणमा सरकारको एक पछि अर्को असफलता सँगै मन्त्रीनै फस्न थाले पछि लगानीकर्ता निरास

IME LIFE
  • BFIS News
  • 2026 Apr 20 15:20
सम्पत्ती सुद्धिकरणमा सरकारको एक पछि अर्को असफलता सँगै मन्त्रीनै फस्न थाले पछि लगानीकर्ता निरास
United Ajod

काठमाडौं। सरकारद्वारा सम्पत्ति शुद्धीकरणविरुद्ध कडाइ गर्दै उद्योगी, व्यापारीदेखि राजनीतिज्ञसम्ममाथि धरपकड तीव्र बनाइएका बेला त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारमा देखिन थालेको छ। पछिल्लो समय सरकारकै बहालवाला मन्त्रीहरू नै विवादित व्यक्तिसँगको साठगाँठमा मुछिएको आरोप सार्वजनिक भएपछि सरकारको विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको छ, जसले लगानीकर्ताको मनोबल कमजोर बनाएको विश्लेषण गरिएको छ।

Nepal Life
NIMB

यही अवस्थाका कारण पछिल्ला केही दिनदेखि बजारमा नकारात्मक प्रवृत्ति देखिँदै आएको छ। साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (NEPSE) परिसूचक १३.१७ अंकले घट्दै २८२५.२३ विन्दुमा झरेको छ। यस दिन कुल ५ अर्ब ४३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यसैबीच, नेपाल धितोपत्र बोर्ड ले आजदेखि सर्किट ब्रेकर सम्बन्धी नियममा परिवर्तन लागू गरेको छ। नयाँ व्यवस्थाप्रति लगानीकर्ताहरूले असन्तुष्टि जनाउँदै विरोधसमेत गर्दै आएका छन्।

नयाँ सर्किट नियमका कारण केही कम्पनीहरूको शेयर मूल्यमा उच्च वृद्धि देखिएको छ। सूर्य कुण्ड र होटल फरेष्ट इनको शेयर मूल्य सर्वाधिक १५ प्रतिशतले बढ्दै सर्किट लागेको छ। त्यस्तै पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टको शेयर मूल्य १४.९९ प्रतिशतले बढेको छ। झापा इनर्जी र रिज लाइन इनर्जीले पनि सर्किट लेभल बढेको अवसरको लाभ उठाएका छन्।

समग्र बजारमा भने गिरावटकै प्रभाव देखिएको छ। आज ६५ कम्पनीको शेयर मूल्यमा वृद्धि हुँदा १९७ कम्पनीको शेयर मूल्य घटेको छ, जसले बजारमा दबाब अझै कायम रहेको संकेत गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया