NIMB Header 2
Nepal Life

बेइजिङस्थित नेपाली दूतावासद्वारा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइयो

IME LIFE
  • BFIS News
  • 2026 Apr 20 21:24
बेइजिङस्थित नेपाली दूतावासद्वारा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइयो
United Ajod

काठमाडौँ, वैशाख ७ — चीनको बेइजिङस्थित नेपाली दूतावासले अन्तर्राष्ट्रिय आरोग्य दिवसको अवसरमा सोमबार दूतावास परिसरमा विशेष कार्यक्रम आयोजना गरेको छ।

 

Shikhar
Nepal Life
NIMB

स्वस्थ जीवनशैलीको प्रवर्द्धन तथा मानसिक र शारीरिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा दूतावासकी कार्यवाहक राजदूत श्रीमती रोशन खनालले योग र ध्यानले स्वास्थ्य क्षेत्रमा पर्ने वित्तीय भार कम गर्नुका साथै विश्वव्यापी स्वास्थ्य प्रणाली सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

संयुक्त राष्ट्रसंघको महासभाले नेपालको प्रस्ताव पारित गरेपछि प्रत्येक वर्ष अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवसका रूपमा विश्वभर मनाउने प्रचलन सुरु भएको हो।

कार्यवाहक राजदूत खनालले दिगो विकास लक्ष्य (SDGs) कार्यान्वयनमा योग र आरोग्यको महत्वपूर्ण योगदान रहने उल्लेख गर्दै नेपाल सरकारले घोषणा गरेको ‘नेपाल आरोग्य वर्ष २०२७’ बारे जानकारी दिनुभयो। उहाँले नेपाललाई आरोग्य पर्यटनको विश्वस्तरीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित सरकार अघि बढिरहेको बताउनुभयो।

नेपालका हिमाल, प्राकृतिक स्रोत तथा परम्परागत योग–ध्यान अभ्यास आरोग्य पर्यटनका प्रमुख आधार बन्न सक्ने उहाँको भनाइ थियो।

कार्यक्रममा चीनको परराष्ट्र मन्त्रालयका प्रतिनिधि वाङ सिनले नेपालको प्राकृतिक स्रोत र समृद्ध सांस्कृतिक सम्पदाको प्रशंसा गर्दै नेपाल–चीनबीच स्वास्थ्य, योग–ध्यान, आरोग्य तथा पर्यावरणीय पर्यटनका क्षेत्रमा सहकार्य विस्तार गर्न सकिने धारणा व्यक्त गर्नुभयो।

सो अवसरमा योगगुरु अमरले योग र ध्यानका बारेमा जानकारी गराउनुभएको थियो।

कार्यक्रममा बेइजिङस्थित विभिन्न दूतावासका कूटनीतिज्ञहरू, चिनियाँ संस्थाका प्रतिनिधिहरू तथा नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया