NIMB Header 2
Nepal Life

उपकुलपतिसँग प्रधानमन्त्री साहको छलफल, समस्या समाधानमा जोड

IME LIFE
  • BFIS News
  • 2026 Apr 20 21:35
उपकुलपतिसँग प्रधानमन्त्री साहको छलफल, समस्या समाधानमा जोड
United Ajod

काठमाडौँ, वैशाख ७ गते । प्रधानमन्त्री वालेन्द्र साहले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग छलफल गर्नुभएको छ ।

 

Nepal Life
NIMB

सोमबार सिंहदरबारमा आयोजित छलफलमा प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात प्रतिष्ठानका उपकुलपतिलाई आमन्त्रण गरिएको थियो । बैठकमा विश्वविद्यालय तथा प्रतिष्ठानका समस्या र तिनका समाधानका उपायबारे विमर्श भएको बताइएको छ । साथै तत्काल समाधान गर्न सकिने विषयहरूबारे पनि छलफल गरिएको थियो ।

छलफलमा त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयका उपकुलपति सहभागी भएका थिए । त्यस्तै पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपतिहरूको पनि उपस्थिति रहेको थियो ।

नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिहरू पनि छलफलमा सहभागी भएका थिए । साथै कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपतिसँग पनि प्रधानमन्त्री साहले संवाद गर्नुभएको थियो ।

प्रधानमन्त्री कार्यालयका अनुसार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग पनि छलफल गरिएको थियो ।

यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग पनि प्रधानमन्त्री साहले छलफल गर्नुभएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया