NIMB Header 2
Nepal Life

सोपान फर्मास्यूटिकल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

IME LIFE
  • BFIS News
  • 2026 Apr 21 11:36
सोपान फर्मास्यूटिकल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
United Ajod
Nepal Life
NIMB

कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओ बाँडफाँट सम्पन्न गरिसकेको छ। त्यसपछि मात्र सर्वसाधारणका लागि शेयर निष्काशन गरिएको हो।

कम्पनीले जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत बराबर ४२ करोड ९० लाख रुपैयाँको ४२ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो। जसमध्ये १० प्रतिशत अर्थात ४ लाख २९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई वितरण गरिसकिएको छ।

यसैगरी, कम्पनीले १ लाख ७१ हजार ६०० कित्ता शेयर आफ्ना कर्मचारीहरूका लागि र २ लाख १४ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि छुट्याएर बाँडफाँट गरिसकेको छ।

दोस्रो चरणअन्तर्गत कम्पनीले बाँकी रहेको ३४ करोड ७४ लाख ९० हजार रुपैयाँ बराबरको ३४ लाख ७४ हजार ९०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो। उक्त शेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा विकसित ‘मेरो शेयर’ सफ्टवेयरमार्फत सि–आस्बा प्रणाली प्रयोग गरेर पनि अनलाइन आवेदन दिन सकिने व्यवस्था छ।

रेटिङ्गतर्फ, केयर रेटिङ्ग नेपालले कम्पनीलाई “केयरएनपी सिंगल बी इस्यूअर रेटिङ्ग” प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ८.११ वर्ष रहेको छ भने डिस्काउन्ट लगानी फिर्ता हुने अवधि ११.३५ वर्ष रहेको छ। कम्पनीको खुद वर्तमान मूल्य १५ अर्ब ९७ करोड ५९ लाख ३९ हजार २५७ रुपैयाँ रहेको छ भने आन्तरिक प्रतिफल दर २३.६३ प्रतिशत रहेको जनाइएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया