NIMB Header 2
Nepal Life

एलएस होराइजन १२ मा आवेदन दिने म्याद जेठ १३ सम्म थपियो

IME LIFE
  • BFIS News
  • 2026 May 19 10:30
एलएस होराइजन १२ मा आवेदन दिने म्याद जेठ १३ सम्म थपियो
United Ajod

लक्ष्मी सनराइज क्यापिटल लिमिटेड ले निष्काशन गरिरहेको सामूहिक लगानी कोष ‘एलएस होराइजन १२’ को इकाई खरिदका लागि आवेदन दिने अवधि थप गरेको छ ।

Shikhar
Nepal Life
NIMB

यसअघि बैशाख ३० गतेदेखि बिक्री खुला गरिएको उक्त योजनामा अब जेठ १३ गतेसम्म आवेदन दिन सकिने भएको हो ।

कम्पनीका अनुसार आवश्यकताभन्दा बढी आवेदन परेमा निर्धारित समयअघि नै सूचना जारी गरी बिक्री प्रक्रिया बन्द गर्न सकिनेछ ।

लक्ष्मी सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने ‘एलएस होराइजन १२’ १२ वर्ष अवधिको बन्दमुखी योजना हो । योजनाअन्तर्गत प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा कुल १२ करोड इकाई बिक्रीमा ल्याइएको छ, जसको कुल आकार १ अर्ब २० करोड रुपैयाँ बराबर रहेको छ ।

कुल निष्काशनमध्ये १ करोड ८० लाख इकाई बिज पूँजीका रूपमा लक्ष्मी सनराइज बैंक लिमिटेड लाई सुरक्षित गरिएको छ । बाँकी १० करोड २० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको कम्पनीले जनाएको छ ।

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेड ले नै सम्हालेको छ । आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका शाखाबाट दिन सकिनेछ । साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेड द्वारा सञ्चालन गरिएको ‘मेरो शेयर’ प्रणालीमार्फत पनि सि–आस्बा प्रयोग गरी आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

म्युचुअल फण्ड निष्काशनका लागि गरिएको मूल्यांकनमा केयर रेटिङ्ग नेपाल ले कोष प्रवर्द्धकलाई ‘केयर एनपी ट्रिपल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई ‘केयर एनपी एएमसी क्वालिटी ३ प्लस’ रेटिङ दिएको जनाएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया