महिला उद्यमशीलता प्रवर्द्धनका लागि विशेष नीति आवश्यक : सहभागी
- BFIS News
- 2026 May 21 11:46
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पूर्वसन्ध्यामा आयोजित एक छलफल कार्यक्रममा महिला उद्यमीहरूले महिला उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन्।
कार्यक्रममा सहभागीहरूले महिला उद्यमीहरूको क्षमता विकास, व्यवसाय विस्तार तथा प्रवर्द्धनका लागि विशेष नीति तथा कार्यक्रम आवश्यक रहेको धारणा व्यक्त गरेका हुन्।
नेपाल महिला चेम्बरद्वारा आयोजित कार्यक्रममा सहभागीहरूले महिला उद्यमशीलतासम्बन्धी कार्यक्रम प्रभावकारी बनाउन नेपाल सरकार र निजी क्षेत्रबीच सहकार्य तथा समन्वय बढाउनुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रमलाई सम्बोधन गर्दै कमलेश कुमार अग्रवाल ले आगामी बजेटमा महिला उद्यमशीलता प्रवर्द्धनका लागि विशेष प्याकेज समावेश गर्न सरकारलाई सुझाव दिइएको जानकारी दिए। उनले महिलाको आर्थिक सशक्तीकरणले राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे।
त्यसैगरी उर्मिला श्रेष्ठ ले महिला उद्यमीहरूले भोगिरहेका समस्या समाधान तथा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालनमा नेपाल महिला चेम्बरले निरन्तर काम गर्दै आएको बताइन्। उनले महिला उद्यमीहरूको वित्तीय स्रोत, बजार र तालिममा पहुँच विस्तारका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको धारणा राखिन्।
कार्यक्रममा विभिन्न महिला उद्यमी, साझेदार संस्था तथा स्वयंसेवीलाई सम्मान गरिएको थियो। कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स का पदाधिकारी तथा नेपाल महिला चेम्बर का प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया