NIMB Header 2
Nepal Life

नेपालमै पहिलोपटक तापक्रम सूचकांकमा आधारित दूध उत्पादन सम्बन्धि बीमालेख

NMB Bank
  • BFIS News
  • 2026 Apr 24 15:24
नेपालमै पहिलोपटक तापक्रम सूचकांकमा आधारित दूध उत्पादन सम्बन्धि बीमालेख
United Ajod
Shikhar
Nepal Life
NIMB

काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले तापक्रम वृद्धिका कारण गाई तथा भैँसीको दूध उत्पादनमा आउने कमीबाट कृषकलाई हुन सक्ने सम्भावित क्षतिबाट सुरक्षण प्रदान गर्ने उद्देश्यले नयाँ बीमा योजना सार्वजनिक गरेको छ। कम्पनीले प्लान्ट स्याटसँगको प्राविधिक सहकार्यमा सूचकांकमा आधारित दुध उत्पादन बीमालेख सञ्चालनमा ल्याएको जनाएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीका अनुसार उक्त बीमालेख २०८३ वैशाख ७ गतेदेखि भदौ ३१ गतेसम्म, कुल १५० दिनको अवधिमा दैनिक अधिकतम तापक्रमका आधारमा गणना गरिनेछ। निर्धारित तापक्रमको तहमा आधारित यो योजना कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु र चितवन जिल्लाका गाई तथा भैँसीपालक कृषक, समूह तथा सहकारीलाई लक्षित गरी तयार गरिएको हो। हालसम्म विभिन्न सहकारी तथा समूहमार्फत १,६२७ गाई तथा भैँसी यस बीमा योजनामा आबद्ध भइसकेका छन्।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त उक्त बीमालेखको पुनर्बीमा नेपाल रि-इन्स्योरेन्स कम्पनीमार्फत गरिएको कम्पनीले जनाएको छ।

प्लान्ट स्याटका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सुमन घिमिरेका अनुसार यो बीमालेख तापक्रमका कारण पशुमा पर्ने तनावमा आधारित रहेको छ र यसले केवल तापक्रमका कारण हुने दूध उत्पादनको ह्रासलाई मात्र समेट्नेछ। बीमालेखमा तोकिएको सीमा भन्दा वास्तविक तापक्रम माथि पुगेमा मात्र क्षतिपूर्ति प्रदान गरिनेछ, जुन पूर्वनिर्धारित तहअनुसार निर्धारण गरिनेछ।

यसैगरी, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका कृषि विभाग प्रमुख उमेश ढकालले सूचकांकमा आधारित ट्रिगर प्रणाली प्रयोग गरिने भएकाले दाबी प्रक्रिया पारदर्शी र छिटो हुने बताए। उनका अनुसार यस प्रणालीमार्फत कृषक दाबी योग्य भए–नभएको स्वतः निर्धारण हुनेछ, जसले गर्दा कृषकले सहज रूपमा लाभ लिन सक्नेछन्।

दाबी विभाग प्रमुख शुभाष दीक्षितले जल तथा मौसम विज्ञान विभागबाट प्राप्त आधिकारिक तापक्रम तथ्यांकका आधारमा दाबी प्रक्रिया अघि बढाइने जानकारी दिए। सूचकांक ट्रिगर स्तरमा पुगेपछि बीमकले दाबी प्रक्रिया सुरु गर्ने र सम्बन्धित निकायबाट सूचकांक प्राप्त भएको सात दिनभित्र भुक्तानी विद्युतीय माध्यमबाट सिधै लाभग्राही कृषकको बैंक खातामा पठाइने उनले बताए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया