NIMB Header 2
Nepal Life

नेपाल बैंकको वित्तीय अवस्था मजबुत, मुनाफा २ अर्ब ७९ करोड हुँदा इपिएस २५ रुपैयाँ

IME LIFE
  • BFIS News
  • 2026 Apr 27 11:36
नेपाल बैंकको वित्तीय अवस्था मजबुत, मुनाफा २ अर्ब ७९ करोड हुँदा इपिएस २५ रुपैयाँ
United Ajod

काठमाडौं। नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरणले बैंकको आधारभूत अवस्था सुदृढ रहेको देखाए पनि लाभांश वितरण गर्ने क्षमता भने अपेक्षाकृत कमजोर रहेको संकेत गर्दछ।

Nepal Life
NIMB

चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंकले २ अर्ब ७९ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा केवल ०.३४ प्रतिशतले बढी हो। खुद ब्याज आम्दानीमा सामान्य वृद्धि भएसँगै नाफामा पनि सीमित सुधार देखिएको हो।

यद्यपि नाफा वृद्धि सामान्य मात्र भए पनि प्रतिशेयर आम्दानी (EPS) २५ रुपैयाँ ३४ पैसा र प्रतिशेयर नेटवर्थ २७२ रुपैयाँ ७९ पैसा रहनुले बैंकको वित्तीय आधार बलियो रहेको देखाउँछ। साथै, न्यून कोष लागत र १३.०५ प्रतिशतको पूँजीकोष पर्याप्तताले पनि बैंकको सुदृढ वित्तीय स्थिति पुष्टि गर्दछ। तर, ४.९६ प्रतिशत खराब कर्जा भने बैंकका लागि प्रमुख चुनौतीको रूपमा रहेको छ।

१४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २५ अर्ब ३९ करोड १ लाख रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्म बैंकले ३ खर्ब ८४ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३९ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

समग्रमा आधारभूत अवस्था मजबुत देखिए पनि बैंकको लाभांश क्षमता कमजोर रहेको देखिन्छ। विवरणअनुसार वितरणयोग्य मुनाफा ३२ करोड १३ लाख रुपैयाँ मात्र रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी २ रुपैयाँ ९२ पैसा रहेको छ। आगामी त्रैमासमा ऋण असुलीमा कत्तिको सुधार हुन्छ भन्ने कुराले नै बैंकको वास्तविक लाभांश क्षमता निर्धारण गर्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया