२४ घण्टामा २७२२ सवारी चालक कारबाहीमा, २७ लाखभन्दा बढी राजस्व सङ्कलन
- BFIS News
- 2026 Apr 29 15:13
काठमाडौँ, वैशाख १६ गते। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार ७२२ जना सवारी चालक कारबाहीमा परेका छन्।
ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा सवारी जाँच गर्ने क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने ४६, राइड सेयरिङमा २३६, रातोबत्ती उल्लङ्घन गर्ने १८१, तीव्रगतिमा १५४, लेन क्रस गर्ने ३४२, फुटपाथमा चलाउने १३७, हर्न निषेध उल्लङ्घन गर्ने ५५, ओराल्ने–चढाउनेमा ५६ र अन्य विभिन्न कसुरमा एक हजार ५१५ जना चालकलाई कारबाही गरिएको जनाएको छ।
ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार उक्त कारबाहीबाट २७ लाख २७ हजार छ रुपैयाँ राजस्व सङ्कलन भएको छ।
ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउनु कानुनविपरीत र दण्डनीय कार्य भएको स्मरण गराउँदै यस्तो गतिविधि देखेमा नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ वा प्रहरीको हटलाइन नम्बर १०० मा जानकारी दिन सर्वसाधारणलाई आग्रह गरेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया