त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीद्वारा सामूहिक राजीनामा
- BFIS News
- 2026 Apr 30 17:03
काठमाडौं । त्रिभुवन विश्वविद्यालय का उपकुलपतिसहित प्रमुख पदाधिकारीहरूले सामूहिक रूपमा पदबाट राजीनामा दिएका छन्।
नयाँ सरकारलाई काम गर्न सहज बनाउने उद्देश्यले यस्तो निर्णय गरिएको जनाइएको छ।
उपकुलपति दीपक अर्याल ले पद त्यागेका छन्। साथै शिक्षाध्यक्ष खड्ग केसी र रजिष्ट्रार केदार प्रसाद रिजाल ले पनि राजीनामा दिएका छन्।
राजीनामा सम्बन्धित निकायमा बिहीबार बुझाइएको बताइएको छ। हालै प्रस्तावित अध्यादेशमा विश्वविद्यालयका पदाधिकारी हटाउन सक्ने व्यवस्था समावेश गरिएको र सत्तारुढ पक्षका केही नेताबाट त्यससम्बन्धी संकेत देखिएपछि उनीहरूले पद त्याग्ने निर्णय गरेका हुन्।
शिक्षाध्यक्ष केसी र रजिष्ट्रार रिजाल पुष्पकमल दाहाल नेतृत्वको सरकारको समयमा नियुक्त भएका थिए भने उपकुलपति अर्याल केपी शर्मा ओली नेतृत्वकालमा नियुक्त भएका थिए।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)











.jpg)
.jpg)





प्रतिक्रिया