NIMB Header 2
Nepal Life

पूर्वी रुकुम–रोल्पा सडक दुर्घटना : सल्यानकी २४ वर्षीया सृजना बुढाथोकीको मृत्यु

NMB Bank
  • BFIS News
  • 2026 May 01 13:06
पूर्वी रुकुम–रोल्पा सडक दुर्घटना : सल्यानकी २४ वर्षीया सृजना बुढाथोकीको मृत्यु
United Ajod

सल्यान, वैशाख १८ गते । पूर्वी रुकुमबाट रोल्पाको जलजला जाँदै गरेको जिप दुर्घटनामा परी सल्यानकी एक महिलाको मृत्यु भएको छ ।

 

Shikhar
Nepal Life
NIMB

प्रहरीका अनुसार दुर्घटनामा सल्यानको वनगाड कुपिण्डे नगरपालिका–२, फल्तेचौर निवासी २४ वर्षीया सृजना बुढाथोकीको ज्यान गएको हो ।

परिवारका अनुसार मृतक सृजनाका श्रीमान् केवल बुढाथोकी रोजगारीका लागि भारतमा हुनुहुन्छ र उहाँ आजै नेपाल फर्कने तयारीमा रहेको बताइएको छ ।

दुर्घटनाको कारण भने हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनापछि उद्धार कार्य सम्पन्न गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।

मृतकको शव ल्याउन वनगाड कुपिण्डे नगरपालिकाले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । नगर प्रमुख कर्णबहादुर बुढाथोकीका अनुसार शव व्यवस्थापनका लागि आवश्यक समन्वयसमेत गरिएको छ ।

घटनाप्रति स्थानीय तहका जनप्रतिनिधिले दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया