NIMB Header 2
Nepal Life

श्रमिक दिवसमा मन्त्री यादवद्वारा तीन महत्वपूर्ण घोषणा, श्रमिक अधिकार सुदृढ गर्ने प्रतिबद्धता

NMB Bank
  • BFIS News
  • 2026 May 01 13:12
श्रमिक दिवसमा मन्त्री यादवद्वारा तीन महत्वपूर्ण घोषणा, श्रमिक अधिकार सुदृढ गर्ने प्रतिबद्धता
United Ajod

काठमाडौँ, वैशाख १८ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस (मे दिवस) का अवसरमा तीन महत्वपूर्ण कार्यक्रमको घोषणा गर्नुभएको छ ।

 

Shikhar
Nepal Life
NIMB

भिडियो सन्देश जारी गर्दै मन्त्री यादवले पहिलो घोषणाअन्तर्गत पाँच वर्षे राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य कार्यक्रम औपचारिक रूपमा सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार उक्त कार्यक्रमले श्रमिकको सुरक्षा, स्वास्थ्य र सुरक्षित कार्य वातावरणको अधिकार सुनिश्चित गर्नेछ ।

दोस्रो घोषणामा विदेशमा रहेका नेपाली श्रमिकसँग प्रत्यक्ष संवाद र सूचना आदानप्रदानलाई प्रभावकारी बनाउन विदेशस्थित नेपाली दूतावासमा कार्यरत श्रम सहचारी तथा कन्सुलरबाट हप्तामा एक पटक फेसबुक लाइभ कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ । उहाँले भन्नुभयो, “अब तपाईंहरू जहाँ हुनुहुन्छ, सरकार तपाईंसँगै छ ।”

तेस्रो घोषणाअन्तर्गत योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकलाई घडेरी खरिदका लागि ६ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराइने व्यवस्था गरिएको छ । साथै, आवश्यक प्रक्रिया पूरा गरी एक करोड ५० लाख रुपैयाँसम्म सापटी लिन सकिने व्यवस्था मिलाइएको पनि मन्त्री यादवले जानकारी दिनुभयो ।

उहाँले नीतिगत सुधार, संस्थागत पुनर्संरचना तथा नयाँ रोजगारी सिर्जनाका कार्यक्रमहरू पनि अघि बढिरहेको बताउनुभयो । श्रमको सम्मान नै देश विकासको आधार भएको उल्लेख गर्दै मन्त्री यादवले सबै श्रमिकका लागि उचित पारिश्रमिक, मर्यादित काम र श्रम अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

उहाँले श्रमिकलाई केवल मजदुरको रूपमा मात्र नभई देश निर्माणका सबै क्षेत्रका योगदानकर्ताका रूपमा हेर्नुपर्ने बताउँदै एकअर्काको श्रमप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने संस्कारलाई बलियो बनाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया