NIMB Header 2
Nepal Life

संवैधानिक परिषद् अध्यादेश पुनः राष्ट्रपतिसमक्ष सिफारिस, मल खरिददेखि वायु गुणस्तरसम्मका निर्णय

NMB Bank
  • BFIS News
  • 2026 May 04 18:38
संवैधानिक परिषद् अध्यादेश पुनः राष्ट्रपतिसमक्ष सिफारिस, मल खरिददेखि वायु गुणस्तरसम्मका निर्णय
United Ajod

काठमाडौं — सरकारले राष्ट्रपतिबाट फिर्ता आएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः सिफारिस गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

Shikhar
Nepal Life
NIMB

प्रवक्ता पोखरेलका अनुसार बैठकले औद्योगिक क्षेत्रमा प्रयोग हुने परम्परागत कोइलरलाई इलेक्ट्रोनिक कोइलरले प्रतिस्थापन गर्न उद्योगहरुलाई कर्जा उपलब्ध गराउने तथा वायु गुणस्तर मापन क्षमता विस्तार गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय सहयोग स्वीकार गर्ने निर्णय पनि गरेको छ। यसअन्तर्गत विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियत ऋण र ५ मिलियन अमेरिकी डलर अनुदान सहयोग स्वीकार गरिएको छ।

त्यसैगरी, बैठकले भारतसँग सरकार–सरकार (जिटुजी) माध्यमबाट ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकले सिंहदरबार परिसरको गुरुयोजना पनि स्वीकृत गरेको छ। उक्त योजनामा संसद् भवन परिसरमा प्रवेश व्यवस्थापन लगायतका विषय समेटिएको जनाइएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया