Nepal Life

हिमालयन लाइफको बीमा व्यवसाय एक अर्ब २९ करोड नाघ्यो, जीवन बीमा कोषमा ८६ अर्ब ९ करोड

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 May 13 11:32
हिमालयन लाइफको बीमा व्यवसाय एक अर्ब २९ करोड नाघ्यो, जीवन बीमा कोषमा ८६ अर्ब ९ करोड

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीको जीवन बीमा कोष, खुद बीमा शुल्क आम्दानी तथा समग्र बीमा व्यवसाय विस्तारमा सुधार देखिएको भए पनि खुद नाफा भने उल्लेख्य रूपमा घटेको छ।

Nepal Life
NIMB

कम्पनीको जीवन बीमा कोष गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.७१ प्रतिशतले वृद्धि भई ८६ अर्ब ९ करोड ९२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो कोष ७३ अर्ब ७७ करोड १९ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब २९ करोड ३६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६.१८ प्रतिशत बढी हो। गत वर्ष सोही अवधिमा कम्पनीको खुद बीमा शुल्क आम्दानी १ अर्ब २१ करोड ८३ लाख रुपैयाँ रहेको थियो। बीमा शुल्क आम्दानीमा भएको वृद्धिले कम्पनीको व्यवसाय विस्तार तथा बजार पहुँच बढ्दै गएको संकेत गरेको छ।

यद्यपि, कम्पनीको खुद नाफा भने उल्लेख्य रूपमा घटेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्म ४७ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालू आवको सोही अवधिमा २६ करोड १४ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको छ। यो ४४.६६ प्रतिशतको गिरावट हो।

कम्पनीको कुल आम्दानी १७ अर्ब ५९ करोड ४७ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च १६ अर्ब ९० करोड २३ लाख रुपैयाँ कायम भएको छ। यस अवधिमा अभिकर्तालाई प्रदान गरिएको कमिसन खर्च पनि ५.७३ प्रतिशतले बढेर १ अर्ब ४ करोड ३० लाख रुपैयाँ पुगेको छ।

त्यस्तै, कम्पनीको जगेडा कोष ४१.७४ प्रतिशतले बढेर ९९ करोड ६३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो कोष ७० करोड २९ लाख रुपैयाँ रहेको थियो। महाविपत्ति कोष पनि वृद्धि हुँदै ४६ करोड ६६ लाख रुपैयाँ पुगेको कम्पनीले जनाएको छ।

वित्तीय सूचकतर्फ कम्पनीको प्रतिशेयर आम्दानी ६.८९ रुपैयाँबाट घटेर ३.८१ रुपैयाँमा सीमित भएको छ। प्रतिशेयर नेटवर्थ भने १००.४५ रुपैयाँ कायम रहेको छ। कम्पनीको चुक्ता पूँजी ९ अर्ब १४ करोड ३२ लाख रुपैयाँ रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया