NIMB Header 2
Nepal Life

बैंकहरूको ब्याजदर घट्दै, जेठमा व्यक्तिगत निक्षेपदर औषतमा ४.३४३ प्रतिशत

NMB Bank
  • BFIS News
  • 2026 May 14 12:07
बैंकहरूको ब्याजदर घट्दै, जेठमा व्यक्तिगत निक्षेपदर औषतमा ४.३४३ प्रतिशत
United Ajod

काठमाडौं। नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी जेठ महिनाका लागि नयाँ ब्याजदर तालिका सार्वजनिक गरेका छन्। बैंकहरूले सार्वजनिक गरेको विवरणअनुसार वैशाख महिनाको तुलनामा जेठमा निक्षेपको औसत ब्याजदरमा सामान्य गिरावट देखिएको छ।

Shikhar
Nepal Life
NIMB

व्यक्तिगत मुद्दति निक्षेपतर्फको अधिकतम औसत ब्याजदर वैशाखमा रहेको ४.४ प्रतिशतविन्दुबाट घटेर जेठ महिनामा ४.३४३ प्रतिशतमा सीमित भएको छ। त्यसैगरी, संस्थागत मुद्दति निक्षेपतर्फको अधिकतम औसत ब्याजदर पनि ३.२२९५ प्रतिशतबाट घटेर ३.२०४ प्रतिशत कायम भएको बैंकहरूले जनाएका छन्।

बैंकहरूबीच ब्याजदर समायोजनको क्रम जारी रहँदा केही बैंकहरूले निक्षेप आकर्षित गर्न दर घटाएका छन् भने केहीले बढाउने निर्णय गरेका छन्। एनआईसी एशिया बैंक, हिमालयन बैंक र नेपाल बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदरमा ०.२५ प्रतिशत बिन्दुले कटौती गरेका छन्। त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंक र कुमारी बैंकले पनि ब्याजदर घटाएका छन्।

यता, सिद्धार्थ बैंकले भने व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ४ प्रतिशतबाट बढाएर ४.०५ प्रतिशत पुर्‍याएको छ। साथै, सिटिजन्स बैंक इन्टरनेशनलले संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा ०.५ प्रतिशत बिन्दुले वृद्धि गरेको जनाएको छ।

यद्यपि, अधिकांश बैंकहरूले भने अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। सार्वजनिक विवरणअनुसार १२ वटा बैंकहरूले वैशाख महिनाको ब्याजदरलाई जेठमा पनि यथावत राखेका छन्।

बैंकिङ क्षेत्रमा तरलता सहज बन्दै गएको तथा कर्जाको माग अपेक्षाकृत कमजोर रहेकाले निक्षेपको ब्याजदरमा सामान्य गिरावट आएको विश्लेषण गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया