खाडी राष्ट्रहरूको आग्रहपछि इरानमाथिको प्रस्तावित आक्रमण स्थगित
- BFIS News
- 2026 May 19 10:25
डोनाल्ड ट्रम्प ले इरानमाथि मंगलवारका लागि तय गरिएको सैन्य कारबाही तत्कालका लागि रोक्न पेन्टागन लाई निर्देशन दिएका छन् ।
खाडी क्षेत्रका सहयोगी राष्ट्रहरूले इरानसँग कूटनीतिक सहमतिका लागि पहल गरिरहेका कारण आक्रमण स्थगित गरिएको अमेरिकी राष्ट्रपति ट्रम्पले बताएका छन् ।
सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत सार्वजनिक सन्देशमा ट्रम्पले इरानविरुद्धको प्रस्तावित आक्रमण तत्काल कार्यान्वयन नगर्ने निर्णय गरिएको जानकारी दिएका हुन् । उनले आवश्यक परे भविष्यमा जुनसुकै समयमा पनि व्यापक सैन्य कारबाही गर्न सकिने गरी अमेरिकी रक्षा संयन्त्रलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको उल्लेख गरेका छन् ।
ट्रम्पका अनुसार अमेरिका र इरानबीच हाल गम्भीर स्तरको वार्ता जारी छ । उनले खाडी राष्ट्रहरूका नेताहरूले सम्भावित शान्ति सहमति छिट्टै टुंगिने विश्वास व्यक्त गरेको पनि बताएका छन् । ट्रम्पले उक्त सम्भावित सम्झौताको मुख्य उद्देश्य इरानलाई आणविक हतियार विकासबाट रोक्नु रहेको स्पष्ट पारेका छन् ।
कतार, साउदी अरेबिया तथा संयुक्त अरब इमिरेट्स का नेताहरूको आग्रहपछि प्रस्तावित सैन्य कारबाही स्थगित गरिएको ट्रम्पले उल्लेख गरेका छन् ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया