Nepal Life

आज ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 May 21 08:50
आज ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । देशका विभिन्न क्षेत्रमा आज चट्याङ्गसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Nepal Life
NIMB

पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग आसपास सक्रिय न्यून चापीय क्षेत्रको संयुक्त प्रभावका कारण मौसममा बदली र वर्षाको अवस्था बनेको हो।

महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहेको छ भने अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली देखिएको छ। तराईका अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहेको जनाइएको छ। अहिले कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहने अनुमान गरिएको छ। मधेस प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा अन्य प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै मधेस, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना समेत रहेको महाशाखाको भनाइ छ।

यसैबीच सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई तथा पहाडी क्षेत्रमा तातो दिनको अवस्था कायम रहने सम्भावना रहेको छ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने मधेस प्रदेशसहित बागमती र गण्डकीका तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। अन्य तराई भूभागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ।

रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया