Nepal Life

रास्वपाको काम गाली गलौजमात्र देखियोः भट्टराई

Global Ime detail Page
  • BFIS News
  • 2023 Jun Wed 20:40
रास्वपाको काम गाली गलौजमात्र देखियोः भट्टराई
Sanima Reliance

काठमाडौंः नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले पदमा नरहे पनि आफू तनहुँको विकासे अभियानमा निरन्तर लागिपर्ने प्रतिवद्धता जनाएका छन् । तनहुँको देवघाट १ कोटामा नवनिर्मित महाकाली आधारभूत विद्यालयको भवन उद्घाटन गर्दै उनले चुनाव नजिते पनि विकासका कार्य निरन्तर गरिरहेको र गरिरहने प्रतिवद्धता जनाए । मैले पदका लागि राजनीति गरेको होइन, उनले भने, जनताको विकासका आवश्यकता पूरा गर्न जुन ठाउँमा भए पनि सकेको लागि पर्नेछु ।

NIMB


उनले चुनावमा विजेताहरुले जनताको विकासे आवश्यकता सम्बोधन गर्नुपर्ने भए पनि गाली गलौजमा मात्र सीमित भएको उनले आरोप लगाए । रास्वपा र विजेता सांसद स्वर्णिम वाग्लेप्रति लक्षित गर्दै उनले भने, उहाँहरुको काम नै गाली गर्ने हो कि जस्तो देखियो ।
भट्टराईले भ्रष्टाचारका मुद्दामा निष्पक्ष छानविन हुनुपर्ने भन्दै कांग्रेस, एमाले, माओवादी वा रास्वपाका नेता जोसुकै जोडिएका घटनामा पनि छानविन हुनुपर्ने पक्षमा आफू र पार्टीसमेत रहेको बताए । प्रश्न जोसुकैमाथि उठेका छन्, भर्खरै आएको रास्वपा होस् वा एमाले, माओवादी अनि कांग्रेस नै किन नहोस्, हामी सबै घटनामा निष्पक्ष अनुसन्धानको पक्षमा छौं ।
कार्यक्रममा कांग्रेस महाधिवेशन प्रतिनिधि सुरेश भट्टराईले तनहुँको विकास निर्माणका लागि भट्टराई निरन्तर सक्रिय रहेको भन्दै हालै मात्र पनि जिल्लाका विभिन्न विकासे योजनाका लागि भट्टराईको पहलमा बजेट परेको बताए ।
कांग्रेस जिल्ला सदस्य खम्बसिं रानाले चुनाव एउटाले जिते पनि हार्नेसँग योजना माग्नुपरेको भन्दै निर्वाचित जनप्रतिनिधि आफ्नो घरदैलोमा नआएको गुनासो गरे ।
३२ लाख लागतमा जिल्ला आयोजना कार्यान्वयन एकाई तनहुँद्वारा निर्मित भवनका लागि केन्द्रीय सदस्य भट्टराईले खेलेको भूमिकाका लागि स्मरण गरिएको विद्यालयका अध्यक्ष अमृतलाल भुजेल तथा प्रधानाध्यापक कृष्ण खनालले बताए ।
उनीहरुले विपन्न वर्गका विद्यार्थी अध्ययन गर्ने विद्यालयको थप भौतिक विकासका लागि समेत भट्टराईको ध्यानाकर्षण गराए ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया