NIMB Header 2
Nepal Life

जगदम्बा मोटर्सको व्यापार उकालो, ६ महिनामै ९ अर्ब रुपैयाँभन्दा बढी कारोबार

IME LIFE
  • BFIS News
  • 2026 May 24 19:55
जगदम्बा मोटर्सको व्यापार उकालो, ६ महिनामै ९ अर्ब रुपैयाँभन्दा बढी कारोबार
United Ajod

काठमाडौं । नेपालको दुईपाङ्ग्रे सवारी बजारमा आक्रामक उपस्थिती बनाइरहेको जगदम्बा मोटर्स ले चालु आर्थिक वर्षको पहिलो छ महिनामै ९ अर्ब रुपैयाँभन्दा बढीको व्यापार गरेको छ । टीभीएस ब्रान्डका मोटरसाइकल र स्कुटरप्रति बढ्दो उपभोक्ता आकर्षणसँगै कम्पनीको कारोबार तीव्र गतिमा वृद्धि भएको हो ।

 

Nepal Life
NIMB

कम्पनीका अनुसार चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिसम्म ९ अर्ब ६ करोड ८० लाख रुपैयाँ बराबरको बाइक तथा स्कुटर बिक्री भएको छ । अघिल्लो आर्थिक वर्षभर कम्पनीको कुल कारोबार १२ अर्ब ५५ करोड ८० लाख रुपैयाँ रहेको थियो । त्यसअघि सन् २०२४ मा ८ अर्ब ७७ करोड २० लाख रुपैयाँ र सन् २०२३ मा ७ अर्ब ८१ करोड २० लाख रुपैयाँको व्यापार भएको थियो ।

टीभीएसका विभिन्न मोडल, विशेषगरी कम इन्धन खपत हुने स्कुटर र मोटरसाइकलप्रतिको माग बढेपछि कम्पनीको बिक्रीमा उल्लेखनीय वृद्धि देखिएको हो । गत वर्ष कम्पनीको कारोबार करिब ४३ प्रतिशतले बढेको थियो भने चालु आवको सुरुवाती छ महिनामै थप विस्तार देखिएको छ ।

यद्यपि कारोबार बढे पनि कम्पनीको नाफा अनुपात भने घट्दो क्रममा देखिएको छ । सञ्चालन नाफा मार्जिन सन् २०२३ मा १०.०२ प्रतिशत रहेकोमा गत आर्थिक वर्षमा ७.०९ प्रतिशत र चालु आवको पहिलो छ महिनामा घटेर ६.१० प्रतिशतमा झरेको छ । बढ्दो प्रतिस्पर्धा, वितरण खर्च र बजार विस्तारका कारण नाफा मार्जिन दबाबमा परेको विश्लेषण गरिएको छ ।

सन् २०१० मा एसजी ग्लोबल प्रालिका रूपमा स्थापना भएको कम्पनीले सन् २०१५ पछि जगदम्बा मोटर्स नाममा व्यवसाय विस्तार गरेको हो । हाल कम्पनी नेपालमा टीभीएस को आधिकारिक वितरक हो । साथै कम्पनीले प्रोटोन, जेएमईभी र चेरी ब्रान्डका चारपाङ्ग्रे सवारी तथा भविष्यमा जेडटीई ब्रान्डका स्मार्टफोन पनि नेपाली बजारमा ल्याउने तयारी गरिरहेको छ ।

कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण व्यवस्थापनका लागि करिब ६ अर्ब रुपैयाँ बराबरको कर्जा रेटिङसमेत गराएको छ, जसमा दीर्घकालीन र अल्पकालीन दुवै प्रकारका कर्जा समेटिएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया