NIMB Header 2
Nepal Life

खानी रोयल्टी नउठेको २३ करोडभन्दा बढी रकम तत्काल असुल गर्न महालेखाको निर्देशन

IME LIFE
  • BFIS News
  • 2026 May 24 20:00
खानी रोयल्टी नउठेको २३ करोडभन्दा बढी रकम तत्काल असुल गर्न महालेखाको निर्देशन
United Ajod

काठमाडौँ । महालेखापरीक्षकको कार्यालय ले खानी तथा खनिज पदार्थबाट असुल हुनुपर्ने करिब २३ करोड ७७ लाख ८८ हजार रुपैयाँ बराबरको रोयल्टी तत्काल उठाउन सरकारलाई निर्देशन दिएको छ ।

 

Nepal Life
NIMB

कार्यालयको ६३औँ वार्षिक प्रतिवेदनमा एक वर्षभन्दा बढी समयदेखि उत्खननबापतको रोयल्टी नबुझाइएको तथा अनुमति प्राप्त परिमाणभन्दा बढी उत्खनन भएको तथ्य भेटिएको उल्लेख गरिएको छ । साधारण ढुङ्गाको रोयल्टी दर प्रतिघनमिटर २५ रुपैयाँ निर्धारण गरिएकोमा सोही आधारमा ३० प्रतिशत जरिवाना र १० प्रतिशत स्थानीय विकास शुल्कसमेत जोडेर असुल गर्नुपर्ने प्रतिवेदनमा भनिएको छ ।

खानी तथा भूगर्भ विभाग का अनुसार अनुमति प्राप्त खानीहरूबाट हालसम्म करिब १ अर्ब ५९ करोड ४५ लाख ८ हजार रुपैयाँ रोयल्टी संकलन भए पनि केही दायित्व अझै बाँकी रहेको छ । तीन वटा कम्पनीले १० प्रतिशत स्थानीय शुल्कसमेत गरी करिब ४ करोड ९९ लाख ५४ हजार रुपैयाँ बराबर रकम दाखिला नगरेको देखिएको छ ।

प्रतिवेदनमा अनुमति प्राप्त फर्म तथा उद्योगहरूले सम्झौताभन्दा बढी उत्खनन गरेको तर वास्तविक उत्पादन स्वघोषणामा मात्र आधारित भएकाले अनुगमन प्रणाली कमजोर रहेको उल्लेख छ ।

महालेखाले खनिज पदार्थको हिसाबकिताब व्यवस्थित गर्न, अनुगमन प्रणाली सुदृढ गर्न तथा खनिज स्रोतको एकीकृत डाटाबेस तयार गर्न पनि सरकारलाई निर्देशन दिएको छ । साथै माइनिङ स्किमभन्दा बढी उत्खनन नियन्त्रण गर्न कडाइका साथ अनुगमन गर्नुपर्ने सुझाव पनि दिएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया