चार लघु निर्जीवन बीमा कम्पनीको १० महिनामा १ अर्ब १० करोडभन्दा बढी बीमाशुल्क संकलन
- BFIS News
- 2026 May 24 20:04
काठमाडौं । चार वटा लघु निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनासम्ममा कुल १ अर्ब १० करोड १ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।
बीमा क्षेत्रको यो खण्डमा सबैभन्दा बढी व्यवसाय प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड ले गरेको छ । कम्पनीले ३१ करोड ११ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
त्यसपछि नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड ले २७ करोड ३५ लाख रुपैयाँ, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड ले २६ करोड १९ लाख रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड ले २५ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
बीमालेख संख्याका आधारमा पनि प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स अग्रस्थानमा देखिएको छ । कम्पनीले १ लाख २० हजार ६८५ वटा बीमालेख जारी गरेको छ । नेपाल माइक्रो इन्स्योरेन्सले १ लाख १ हजार ३१६, स्टार माइक्रो इन्स्योरेन्सले १ लाख १६ हजार २६४ तथा ट्रस्ट माइक्रो इन्स्योरेन्सले ८० हजार ७२५ वटा बीमालेख जारी गरेका छन् ।
लघु निर्जीवन बीमा क्षेत्रमा क्रमशः व्यवसाय विस्तार हुँदै गए पनि प्रतिस्पर्धा तीव्र बन्दै गएको तथ्यांकले देखाएको छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)







.jpg)









प्रतिक्रिया